शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • तितेपातीको तेल उत्पादन सुरु

तितेपातीको तेल उत्पादन सुरु

  • बिहिबार, कार्तिक २१, २०७६
तितेपातीको तेल उत्पादन सुरु

रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ ।

गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो ।

गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले सञ्चालन गरेको उत्पादन केन्द्रले वार्षिक ६० केजी तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । यो समाचार आजको नागरिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार