काठमाडौँ । भारतले नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि राष्टिय युवा सङ्घले कडा चेतावनी दिएको छ । युवा सङ्घले एक बिज्ञप्ति जारी गर्दै भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न कडा चेतावनी दिएको छ ।
राष्टिय युवा सङ्घका संयोजक दिपशिखा र सह संयोजक रमेश पौडेलको सम्युक्त हस्ताक्षर सहितको बिज्ञप्तीमा इतिहासमा कहिल्यै कसैको सामु नझुकेको स्वाभिमान नेपालको लाई नहेप्न कडा चेतावनी दिईएको छ ।