• होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुराको बैठक सम्पन्न, उपनिर्वाचनका तयारीका लागि विभिन्न समिती गठन ।

नेपाली काँग्रेस बाजुराको बैठक सम्पन्न, उपनिर्वाचनका तयारीका लागि विभिन्न समिती गठन ।

  • मङ्लबार, कार्तिक १९, २०७६
नेपाली काँग्रेस बाजुराको बैठक सम्पन्न, उपनिर्वाचनका तयारीका लागि विभिन्न समिती गठन ।

संगीता तिमिल्सेना
बाजुरा १९ कार्तिक । नेपाली काँग्रेस बाजुराको बैठक सम्पन्न भएको छ । त्रिवेणी नगरपलिकाको छतारामा यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको तयारी लगायत विविध विष्यमा छलफल गर्नका लागि आज जिल्ला सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको बैठक बसेको सभापती कविराज पण्डितले बताउनुभयो ।

आज बसेको कार्यसमितिको बैठकले पार्टीको केन्द्रिय निदेशनात्मक परिपत्र जिल्लामा नेपाल लोकतान्त्रिक फोरममा सकृय रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष पुर्ण बहादुर सिंह सहित १६७ जना सदस्यहरुलाई पार्टीको स्वतः क्रियशिल सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कार्यसमितिको पदाधिकारीको जिम्मेवारीका लागि भने केन्द्रबाट प्राप्त परिपत्र अनुसार जिम्मेवारी प्रदान गर्ने भएको छ । साथै आजै बसेको बैठकले यही मंसीर १४ गते त्रिवेणी नगरपालिकाको वडा नं १ छतारामा वडा अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र साँउदलाई विजयी गराउनका लागि विभिन्न समिति तथा गठन गरिएका छन् ।

जसमा निर्वाचन परिचालन तथा व्यवस्थापन समितिमा संयोजक राधिकार सुनार रहने गरी १३ सदस्यीय भने तरुण विद्यार्थी परिचालन समितिमा संयोजक विरेन्द्र गिरी रहने गरी ३ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उच्च स्तरीय निर्देशक समितिमा कविराज पण्डितको संयोजकत्वमा, बद्री प्रसाद पाण्डे, जनकराज गिरी, देवराज जोशी, महा नेपाली, मन बहादुर रावल, रामसिंह रावल जुना दानी सदस्य रहने गरी समिति गठन गरिएको छ ।

उपनिर्वाचनका लागि जुन जिम्मेवारीका साथ काममा खटाइएको छ र सो काम तीव्र रुपमा अगाडी बढाउन पार्टी सभापती कविराज पण्डित आग्रह समेत गर्नुभएको छ । साथे आजै बसेको बैठकल जिल्लाभरीका विभिन्न ठाउँका नेपाली काँग्रेसका सकृय सदस्य तथा कार्यकर्ताको पछिल्लो समय भएको असामयीक निधन प्रती दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ ।

नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितको अधयक्षतामा संचालन भएको बैठकमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारी, सम्पुर्ण भातृ तथा भगेनी संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार