• होमपेज
  • समाचार
  • सांसद र उपमेयर चढेको कार दुर्घटना

सांसद र उपमेयर चढेको कार दुर्घटना

  • मङ्लबार, कार्तिक १९, २०७६
सांसद र उपमेयर चढेको कार दुर्घटना

सुखिलाल चौधरी
उदयपुर । मदन भण्डारी स्मृति राजमार्गस्थित चौदण्डीगढी नगरपालिका –७ स्थित भुल्केमा सोमबार साँझ सांसद र उपमेयर सवार कार दुर्घटना भएको छ ।

स.१ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प्रदेश नं. १ का सांसद ४२ वर्षीया सञ्झा दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर ५५ वर्षीया देवीकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७ को लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता विषय प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रमबाट फकिँदै गर्दा कार दुर्घटना भएको हो ।

घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भइरहेको छ। चालक योगेश चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका ७ भुल्केस्थित मोडमा साइकललाई बचाउँन खोज्दा कार सडक भन्दा तल खसेको बताए । उनका अनुसार कारमा सामान्य क्षति पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार