• होमपेज
  • समाचार
  • निवर्तमान सभामुख महरा जेल चलान

निवर्तमान सभामुख महरा जेल चलान

  • सोमवार, कार्तिक १८, २०७६
निवर्तमान सभामुख महरा जेल चलान

काठमाण्डाै ।  अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडाैँमा साेमबार महराका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गरेपछि अदालतले महरालाइ पूर्पक्षका लागि कारागार पठाएको हो । उनलाइ डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

साेमबार महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधीस पाण्डेले अनुमति दिएनन् । बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ । अब महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारगार नै चलान गर्ने भन्नेबारेमा अदालतले फैसला गर्ने छ ।

चर्चामा

सम्बन्धित समाचार