• होमपेज
  • समाचार
  • डा केसीको १७ औँ अनशन डडेल्धुराबाट

डा केसीको १७ औँ अनशन डडेल्धुराबाट

  • सोमवार, कार्तिक १८, २०७६
डा केसीको १७ औँ अनशन डडेल्धुराबाट

काठमाडौं —  चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा गोविन्द केसी आज पुन १७ औं अनशन बस्दै छन्। त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्र अवकाश पाएका डा केसी यसपटक अनशन बस्न भर्खरै डडेल्धुरा पुगेका छन्। थाहाखबरसँग कुरा गर्दै डा केसीले यसअघि काठमाडौंमा चिकित्सक संघको केन्‍द्रीय कार्यलयमा अनशन बस्न इच्छा देखाए पनि ठाउँ नदिइएपछि डलेल्धुरा पुगेको बताए। उनले भने, ‘मेरो १७ औं अनशन डडेल्धुराबाट शुरु गर्दैछु भर्खर डडेल्धुरा आइपुगें यहीँबाट अनशन शुरु गर्छु कुन ठाउँमा बस्ने भन्ने कुरा चाहिँ टुंगो लागेको छैन हाल ठाउँ हेर्दै छु यता बेलुकसम्म मेरा माग पूरा भए भने अनशन नबस्न पनि सक्छु।‘ यसपटक उनले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरू उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारबाही हुनुपर्ने लगायतका मागहरू राखेका छन्। यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी यसपालि डलेल्धुरा पुगेका हुन्। चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै डा केसी अनशन बस्न लागेका हुन्। यसअघि उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटम दिँदासमेत सरकार उदासीन बनेपछि आफ्नो १७ अनशन सुरु गर्न लागेका हुन्। चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन्। उनले आफ्नो १६औँ अनशन इलाम पुगेर सुरु गरेका थिए। चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डा। केसीको आरोप छ। गत असोज २७ गते उमेरहदको कारण शिक्षण अस्पतालबाट सेवानिवृत भएका यसअघि उनी १६ अनशन इलामबाट सुरु गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार