• होमपेज
  • त्रिवेणी
  • नेकपा बाजुरा र काग्रेसले छनौट गरयो उम्मेद्धवारी

नेकपा बाजुरा र काग्रेसले छनौट गरयो उम्मेद्धवारी

  • सोमवार, कार्तिक १८, २०७६
नेकपा बाजुरा र काग्रेसले छनौट गरयो उम्मेद्धवारी

मंशिर १४ गते हुन गैरहेको उप–निर्वाचनका लागि नेकपा बाजुरा र नेपाली काँग्रेस बाजुराले उम्मेद्धवारी छनौट गरेको छ । बाजुरामा उप–निर्वाचन त्रिबेणी नगरपालिकको वडा न. १ को वडा अध्यक्ष पदका लागि मात्र हुने भएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट मन्राज बुढालाई सिफारिस गरी प्रदेश कमिटीमा पठाएको नेकपा जिल्ला कमिटी सचिव भरत बुढाले जानकारी दिए । २०७४ को स्थानीय तहको निवार्चनमा वडा अध्यक्षका प्रत्यासी बुढाले ३५ मतले पराजय भएका थिए । पराजय भएका बुढालाई नै यसपालि पनि नै प्रतिस्पर्धामा उतार्ने निर्णय गरियो नेकपा जिल्ला कमिटी सचिव बुढाले बताए ।
त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजराले वडा अध्यक्ष पदका लागि खगेन्द्र चदारालाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा चदाराको नाम सर्बसम्मत सिफरिस गरि पठाएको पार्टी सभापति कबिराज पण्डितले वताएका छन् । आगामी मंशिर १४ गते हुन गैरहेको उप–निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट नगरकार्य समितिले सर्वसम्मत प्रदेश “ख”लाई सिफारिस गरेपछि जिल्ला कार्य समितीबाट पनि अनुमोदन गरी केन्द्रीय कार्यालयमा पठाएको पार्टी सभापति पण्डितले बताए ।
उक्त वडामा हाल १ हजार ३९ मतदाता संख्या रहेको कार्यवाहक वडा अध्यक्ष भुवने चदाराले जानकारी दिए । तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिवेला जम्मा सात सय मत खसेको कार्यबाहक अध्यक्ष चदाराले बताए । आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय राजनीतिक कार्यकर्ताले बताए ।

चर्चामा

सम्बन्धित समाचार