शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • मलाई पुजा शर्मा सँग तुलना नगर्नु : चर्चित मोडल अञ्जलि अधिकारी

मलाई पुजा शर्मा सँग तुलना नगर्नु : चर्चित मोडल अञ्जलि अधिकारी

  • सोमवार, कार्तिक १८, २०७६
मलाई पुजा शर्मा सँग तुलना नगर्नु : चर्चित मोडल अञ्जलि अधिकारी

यतिबेला चलचित्र प्रेमगीत ३ मा नायिकाको लागि अडिसन भैरहेको छ । यस्तै प्रेमगीत ३ मा प्रदिपकी गीत बन्नको लागि लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि गएकी थिइन् । उनले अडिसन दिइसकेकी छिन् । अब उनी रिजल्टको प्रतिक्षामा रहेकी छिन् । अधिकांश दर्शकले प्रेमगीत ३ मा अञ्जली नै गीतको भूमिका फिट हुने प्रतिक्रिया दिइरहेका छन् । यस्तै अञ्जली अडिसन दिएर बाहिर निस्कदाँ उनको अनुहारमा एउटा बेग्लै चमक थियो । उनले आफूले राम्रो प्रस्तुती दिएको र यदि आफू सेलेक्ट नभएपनि निकै खुसी नै हुने बताएकी छिन् । अञ्जलीले निकै फ्यान कमाइसकेकी छिन् ।

    

उनले आफू गीतको भूमिकामा सेलेक्ट नभए अर्को पाली प्रयास गर्ने पनि बताएकी छिन् । अञ्जलीलाई अन्तवार्तामा प्रेमगीत र प्रेमगीत २ का नायिकाहरुको बारेमा केही भनिदिनुस् भन्दा उनले उहाँहरुको बारेमा बोल्ने आफ्नो बेला नभएको बताइन् ।

अञ्जलीले प्रेमगीत की पूजा र प्रेमगीत २ की अश्लेशा आफूभन्दा निकै सिनियर भएकाले आफू उहाँहरुको दाँजोमा पुग्न नसक्ने पनि बताएकी छिन् । जे होस अञ्जलीको विचार निकै नै राम्रो रहेको छ र सबैको चाहना पनि अञ्जलीलाई नै गीतको भूमिकामा देख्ने रहेको छ । अब उनी प्रेमगीत ३ की गीत बन्छिन् वा बन्दिनन् त्यो भने रिजल्टले नै बताउँछ।

चर्चामा

सम्बन्धित समाचार