• होमपेज
  • समाज
  • किसान र शिल्पकारको पर्व

किसान र शिल्पकारको पर्व

  • आइतवार, कार्तिक १७, २०७६
किसान र शिल्पकारको पर्व

सिरहा : तराई–मधेसमा छठपर्वको उल्लास छ। मानिसहरू सामग्री किनमेलमा व्यस्त छन्। कोही प्रसादको तयारीमा व्यस्त छन्। छठ किसान र शिल्पकारको पर्व हो।

छठमा किसानले उब्जाएका भण्टा, मूला, बेसार, अदुवा, उखु, केरा, नरिवल, सुथनी, पानको पात, फलफूल चढाइन्छ। यसैगरी डोम र कुमाल समुदायले उत्पादन गरेको बाँसको ढकिया, नाङ्लो, कोनिया, माटोको भाँडो, माटाकै कलात्मक हात्तीलाई पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छ।

माटोले बनाइएको हात्तीको अग्रभागमा दियो बालिन्छ। मिठाई, ठेकुवा, भुसुवा, केरा, खजुरिया पनि प्रसादका रुपमा चढाइन्छ।

छठमा विपन्न डोम समुदायले बनाएको बाँसका सामान, कुमालले बनाएको माटोका सामग्री र किसानले उब्जाएको कृषि सामग्री प्रयोग हुन्छ। सामाजिक अगुवा राजकुमार राउत कुर्मीका अनुसार डोम र कुमाल समुदाय शिल्पकारका रूपमा चिनिन्छन्। छठमा उनीहरुले बनाएको बाँस र माटोका सामग्री प्रयोग हुन्छ।

चर्चामा

सम्बन्धित समाचार