शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • युनाइटेडलाई बर्नमाउथको झट्का

युनाइटेडलाई बर्नमाउथको झट्का

  • आइतवार, कार्तिक १७, २०७६
युनाइटेडलाई बर्नमाउथको झट्का

एजेन्सी – इङ्लिस प्रिमियर लिगको चर्चित टोली म्यानचेस्टर युनाइटेडलाई बर्नमाउथको नमिठो झट्का लागेको छ । शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।

बर्नमाउथको जितमा जोसुवा किङ नायक बने । जोसुवाले ४५औं मिनेटमा गोल गरेका थिए । जितसँगै बर्नमाउथले ११ खेलबाट १६ अंक बनाएको छ । बर्नमाउथ छैटौं स्थानमा छ । १३ अंक बनाएको म्यानचेस्टर युनाइटेड आठौं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार