प्रकाश सिंह
बाजुरा खण्डको कर्णाली करीडोरमा जिवहरुले मनोमानी रुपमा भाडा लिने गरेको पाइएको छ । बिदामा घर आएकाको मौका पारि जिल्ला बाहिर जानेबाट मनोमानी रुपमा भाडा लिने गरेको पाईएको छ ।
बाजुराको पिलिचौर बाट कालिकोटको जितेगडा सम्म ६० किलोमिटर रहेको छ । तर भाडा भने २५ सय सम्म लिने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले भने २५ सय सम्म एकजना बाट भाडा लिने गरेको वताए । अहिले जिल्ला बाहिर जानेको निकै चाप बढेकोले त्यहि मौका पारेर यातायात ब्यबसाहिले मनोमानी रुपमा भाडा लिने गरेको भाटले वताए । मनोमानी भाडा नियन्त्रणका लागि ट्राफिक प्रहरी पठाएर केहीलाई कार्यवाहि समेत गरेको वताए ।
कर्णाली करिडोरको निर्माण नेपाली सेनाले गरिरहेको छ । उसले राज्यलाइ हस्तान्तरण गरेको छैन् । स्थानिय, जनप्रतिनिधि राजनितिब कर्मिको समन्वयमा मात्र सेनाले उक्क्त सडक खण्डमा जिप चलाउन दिएको हो । सेनाका एक अधिकारीले भने प्रतिकिलोमिटर ११ रुपैया भाडा लिएर सञ्चालन गर्ने सहमति भएको हो । यसो हुँदा ६ सय ५० मात्र हुन आउने गरेको छ । तर जिप सञ्चालकले ८ सय निर्धारण गरेको थियो । तर यसरी लगेको भए भाडा मनोमानी भएको उनले वताए ।
नेपालि सेनाका सैनिक प्रबक्ता साहयक रथि बिज्ञान देब पाण्डेले सडक निर्माणमा खटिएको सेनाको इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने वताए । उक्क्त सडक खण्डमा बाजुरा र कालिकोटका जिप ब्यबसाहिले यातायात सञ्चालन गरिरहेका छन् ।
एकातिर मनोमानी भाडा अर्कोतिर कच्चि बाटो र क्षमता भन्दा बढि जिबहरुले बोक्ने गरेको स्थानियले वताएका छन् । जिपको भित्र मात्र नभइ छत र ढोकामा समेत झुण्डिएर यात्रा गर्ने भएपछि जोखिमपुर्ण यात्रा गर्नु परेको स्थानिय मनलाल विकले वताएका छन् ।
नेपाली सेनाले निर्माण गरीरहेको बाजुरा खण्डमा स्थानियको सहजताको लागि जिवहरु सञ्चालनमा ल्याईएको थियो । चैत ७ गते यातायात बिधिबत उदघाटन पछि सधै जसो जिवहरुले क्षमता भन्दा बढि यात्रुहरु बोक्ने गरेको छन् । बाजुराको सदरमुकाम मार्तडी बाट अलि टाढा रहेको यो ठाँउमा प्रहरी प्रशासनको ध्यान समेत नजाँदा मनोमानी रुपमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको स्थानिय धना रोकायाले वताईन् ।
जिपहरुको सिट पाँस ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडी र ढोकामा झण्डिएर बोक्ने गरेको पाईएको छ । ५ सिट पाँस भएको जिबले २० जना भन्दा बढि बोक्ने गरेका छन् । जिप चालकले भने यात्रुहरु नमान्ने भएकाले जर्वरजस्त हाल्ने गरेको वताँउछन् । बाजुरा खण्डमा रहेको कर्णाली करीडोर अधिकांश सड्कखण्ड भिर फोरेर निर्माण गरेको छ । अहिले पनि सेनाले काम गर्दै रहेको छ ।
उदघाटनका बेला ६ वटा बाजुरा र ६ वटा कालिकोट जिबहरु सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर अहिले सम्म उक्क्त सड्कमा जथाभाबी र मनोमानी रुपमा यातायात सञ्चालन भइरहेका छन् ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले रहेको छ । यातायातले नछुएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ ।