बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • “कुरा मात्र भाे ” ले २५ औँ भाग मनाउँदै

“कुरा मात्र भाे ” ले २५ औँ भाग मनाउँदै

  • शुक्रबार, कार्तिक १५, २०७६
“कुरा मात्र भाे ” ले २५ औँ भाग मनाउँदै

पि.के. ईन्टर्टेनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्य व्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ औँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरू द्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए । अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकाेटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत अाचार्यकाे कथा तथा पटकथा लेखन रहेकाे छ । समसायिक घट्ना तथा विषय वस्तुलाई टिपेर हाँस्य व्यंग्यात्मक शैलीमा चाेटिलाे प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भाे “ले दिनानु दिन दर्शककाे मन जितिरहेकाे छ । चर्चित पुराना तथा अनुभवी कलाकारहरू राेशनी सापकाेटा, उत्तम अर्याल काेदे, रामप्रसाद महर्जन, लक्ष्मण चाैँलागाई तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जाे लामा, कपिल देवकाेटा, गाेपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनाेज श्रेष्ठ, ठाकुर अाचार्य , प्रनिश गिरी, ईन्द्र अालेमगर, लिजा रानामगर, मेनुका गुरूङ अादिकाे बेजाेड अभिनय रहेकाे यश टेलिश्रृंखलाका छायाँकार समीर राई, संगीत र गायन मिनप्रकाश अाेली, सम्पादन नवीन पन्त रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भाेला बाबू रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार