• होमपेज
  • बाजुरा बिशेष
  • ढम्कनेमा आलु महोत्सब हुंदै

ढम्कनेमा आलु महोत्सब हुंदै

  • बिहिबार, कार्तिक १४, २०७६
ढम्कनेमा आलु महोत्सब हुंदै

दयराम पण्डित
बडिमालिका नगरपलिकाको वडा न. ७ ढम्कनेमा यहि कार्तिक २० गते देखि २२ गते सम्म आल ुमहोत्सव हने भएको हो । “आलुको उत्पादन प्रशोधन र बजारिकरण हाम्रो अभियान ढम्कनेको स्थानीय अर्गानिक आलुुु बाजुराको पहिचना भन्ने मुल नाराका साथ आलु महोत्सव सञ्चालन हुने भएको छ ।
जैविक मलबाट उत्पादित आलुको बजार प्रबद्धन गर्ने उद्येश्यले आलु महोत्सवको आयोजना गर्न लागेको बताईएको छ । आलु महोत्सबको अवसरमा ढम्कनेमा एक लाख किलोको आलुको पहाड बनाईने आयोजक संस्था ढम्कने कृषी सहकारी संस्था लि.का अध्यक्ष नरवहादुर रोकायाले जानकारी दिनुभएको छ ।
बिषाधीमुक्त गोठेमलवाट उत्पादिन कार्डिन आलु र स्थनीय जातको आलुु स्वास्थ्यको लागि अतयन्त उपयोगी ठहरिएकोले खान प्रयोगका लागि लगाइएको छ । डेजिरे नामको आलु “बिऊ” उत्पालदनका लागि लगाइएको छ । आलुको पकेट क्षेत्र घोषण गरिएको ढम्कनेको आलु बजारकिरण गर्न आवस्यक रहेको कृषी ज्ञान केन्द्र बाजुरा प्रमुख गोबिन्द सिजापतीले जानकारी दिनुुभयो । “ गत आर्थिक वर्षको रेकर्ड अनुसार ढम्कनेमा एक हजार क्वीन्टल आलु उत्पादन भएको थियो । बाजुराका १ हजार ९ सय १५ हेक्टर जमिनमा २० हजार ४ सय ७० मेट्रिकटन आलु फलेको छ । विगतको तुलनामा प्रतिहेक्टर १० दशंलव सात प्रतिसतले आलु उत्पादन भएको छ । ” ढम्कनेको कुल ८० हेक्टर जमिन मध्ये ६५ हेकटर जमिनमा आलु फल्छ । ढम्कनेभरिको सबै जमिनमा आलु फलाउन सकिने ज्ञान केन्द्र प्रमुख सिजापतिले बताउनुुभएको छ । तर, कषक ब्यबसायिक आलुु खेती तर्फ अझै आकर्षसित नभएको र स्थानीय आलुुले उचित बजार पाउन नसकेको ज्ञानकेन्द्र प्रमुख सिजापतिले जानकारी दिनुुभयो ।
महोत्सवभरि प्रतिकेलो तिस रुपैंयाका दरले आलु बिक्री गरिने आयोजकले बताएका छन् । ३० बढि आलुका परिकार चाख्न पाईने छ । महोत्सवमा कृष्कलाई आलुको बारेमा जानकारी दिलाउन नेपाल कृषी अनुसन्धान केन्द्र (नारर्कका) बरिष्ठ बैज्ञानिक एबं आलुबिज्ञे कालीप्रसाद उपाध्याय र कृषक वीच अन्तरक्रिया गराइने बताइएको छ । बाजुरामा खुमल रातो र स्थानीय जातको आलु पाईन्छ गोठेमलको प्रयोगमा उत्पालिदत जुनसुकै जातको आलु पनि स्वास्स्थयका लागि उपयुक्त मानिन्छ ।
बाजुरामा उत्पादिन आलु गोठेमलको प्रयोगबाट उत्पादन हुनेभएकोले खानलाई पनि स्वास्थ्यका लागि राम्रो र विऊका लागि अतिउत्तम मानिएको कृषीबिज्ञेले बताएका छन् ।“ जिल्लामा प्रयाप्तमात्रमा आलु उत्पादन हुन्छ । तर, अगार्निक आलुको प्रचारप्रसार नहुंदा उचित बजारिकरण गर्न सकेका छैनौं । स्थानीय उत्पादनलाई बढवादिने उद्येश्यले बडीमालिका नगरपालिका, कृषी ज्ञान केन्द्र, र सरोकारवाला संग सहकार्य गरी ढम्कने कृषी सहकारी संस्थाको आयोजनामा बाजुरामा पहिलो आलु महोत्सवको ”आयोजना गर्न लागेको बडीमालिका नगरपालिका वडानं ७ का वडाअध्यक्ष धर्मराज पाध्याले जानकारी दिनुुभएको छ । महोत्सवमा स्थानीय रैथाने बालीको स्टल र खानाका परिकारहरु , आलुका परिकार तयारी तथा तालिम प्रदशनी र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती तथा स्थानइि झांक्री ,गित, नृत्य र देउडाको प्रस्तुतती गरिने ओयोजक संस्थाका सदस्य लोकेन्द्र रोकायाले जानकारी दिनुुभयो ।
महोत्सवका लागि बडीमालिका नगरपालिकाले दुुइलाख रुपैंया , कृषी ज्ञान केन्द्रले दुुईलाख रुपैंया र अन्य संघ संस्थाबाट पनि सहयोग माग गरेको आयोज संस्थाका पदाधिकारीले जानकारी दिनएका छन् । महोत्सवमा तिस लाख रुपैया वरावरका आलु बिक्री गर्ने लक्षरहेको आयोजकले बताएकाछन् । सुदुरपश्चिम प्रदेश , भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले आलु महोत्सवको उद्घाटन गर्ने छन् ।
यद्येपी आयोजना स्थल ढम्कने पुुग्न मार्तडी कोल्टी सडक खण्ड कच्चीवाटो का कारण ह्यभी मालवाहक गाडी तथा साना सवारी साधानको प्रयोग गर्न कठिनायी भएको छ। महोत्सव सफल पार्न तत्काल सडक सञ्जालको स्तरउन्नती गर्न आवस्यक छ ।
पछिल्लो समयमा बाजुरामा पर्यटन प्रबद्धनका सवललमा छेडेदह महोत्सव, ब्यापार प्रबधनका लागि उद्योग महोत्सव , खेलकुद महोत्सव लगायतका महोत्सवको आयोजना गरेर स्थानीय स्तरमा जनसहभागितको सक्रियतामा स्थानीय आयआम्दानी बृद्धी गर्न थालृेका छन् ।

चर्चामा

सम्बन्धित समाचार