प्रकाश सिंह
बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र एक महिना देखी चिकित्सक बिहिन बनेको छ । संस्थामा कार्यरत चिकित्सक डा. गणेश चौधरी समायोजन भएर गएपछि डेढ देखी स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको छ ।
डाक्टर सरुवा भएर गए, नयाँ आउने कुनै ठेगान छैन्, प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब लोकेन्द्र न्याउपानेले वताएका छन् । संस्थामा दैनिक ८० जति बिरामी आउने गरेका छौ, उपचार गर्न निकै धौ धौ भएको लोकेन्द्रले वताए । अहिले एचए ओम जंग शाहिले स्वास्थ्य केन्द्रका ईन्चाजका रुपमा रहेका छन् ।
चिकित्सक नहुँदा बिरामीले सास्ति बेहेर्नु परेको छ । उपचारका लागि आउने बिरामी आउने गर्छन्, चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ । स्वामिकार्तिक गाँउपालिका १ साप्पाटाकि अप्सरा विकलाई उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आफन्तले पुयाए । त्यहाँ चिकित्सक नहुँदा स्वास्थ्यकर्मीले जेनतेन उचपार गरिरहेका छन्, अन्यन्त्र लिन पैशा नभएकाले यतै उपचार गरिरहेको आफन्तले जनाएका छन् । आर्थिक अबस्था कमजोर भएकालाई निकै समस्या भएको छ, स्थानिय जनम धामिले भने पैशा हुन त सुबिधा सम्पन्न ठाँउमा लिने गरेका छन् पैशा नहुने त यहि उपचार गरिरहेका छन् ।
कोल्टि प्राथकि स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी दरबन्दि अनुसार पनि छैनन् । एकजना डाक्टरको दरबिन्द हो त्यो पनि रिक्क्त रहेको छ । तिन जना अहेबको दरबन्दि भएपनि १ जना मात्र रहेका छन् । त्यस्तै ३ जना अनमि मध्ये दुईजना मात्र रहेका छन् । बिरामीको चाप निकै रहेको छ । अन्य स्वास्थ्यकर्मी समेत नहुदा उपचारमा समस्या भएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । यो क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका १ का अध्यक्ष नृपराज खत्रिले वताए । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा लिन पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ, चिकित्सक नहुँदा सरकार बेखबर रहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् ।
त्यो क्षेत्रमा पोष्टमार्टम गर्नु परेमा पनि जिल्ला ल्याउनु पर्ने अबस्था रहेको छ । बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मिले भनिन्, चिकित्सक ल्याउनका लागि पहल भइरहेको वताईन् । प्रदेश र संघ सँग समन्वय गरिरहेका छौ, केही समयमा ब्यबस्था हुने वताएकि छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने पहल त भइरहेको छ, समायोजनले स्थानिय रोजेका चिकित्सक नै छैनन्, अहिले ब्यबस्थापन गर्न पनि कठिन हुने वताएका छन् ।