• होमपेज
  • अन्तर्राष्ट्रिय
  • गुडिरहेको रेलमा आगो दन्कियो, ६० जनाको ज्यान गयो

गुडिरहेको रेलमा आगो दन्कियो, ६० जनाको ज्यान गयो

  • बिहिबार, कार्तिक १४, २०७६
गुडिरहेको रेलमा आगो दन्कियो, ६० जनाको ज्यान गयो

एजेन्सी : पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन्। रेलमन्त्री शेख रसिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।

रेलमा सिलिन्डर पड्किँदा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूले कतिपय मानिसको जलिरहेको रेलबाट हाम फाल्न खोज्दा मृत्यु भएको थियो। दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो, रेलमन्त्रीले बताए।

मन्त्रीका अनुसार लामो रेल यात्रामा यात्रुहरू स्वयंले खाना पकाउन स्टोभसहित यात्रा गर्ने हुँदा त्यो समस्या बनेको छ। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।
साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार