
भारतको पिथौरागढमा रोजगारीका लागि गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले हत्या भएका मजदुरका भतिजा नाता पर्ने एक नेपालीलाई पक्राउ गरेको छ।
काकासहित तीन जनाको लिङ्ग काटेर हत्या गरेको आरोपमा बैतडीको पुरचौडी नगरपालिका वडा नम्वर ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउन गरेको हो।रोजगारीका लागि पिथौरागढ गएका बैतडी पुरचौंडी नगरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा कात्तिक १० गते भारतको पिथौरागढ जिल्लाको मडधुरा गाउँको एक घरम शव फेला परेको थियो।
पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराको नाता पर्छन्। धनबहादुर बोहरालाई पिथौरागढबाट एक सय २० किलो मिटर टाढा मुस्यारीबाट कात्तिक ११ गते राती पक्राउ गरेको भारती प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको टोली पठाएको छ। अनुसन्धानका लागि भारत गएका प्रहरी सहायक निरीक्षक महराले पक्राउ परेका धनबहादुरले हत्या गरेका स्वीकार गरेको बताए।
तीन जनाको हत्या हुनु अघि साथमै रहेकी हरिश बोहराकी श्रीमति कलावती वोहरा भारतको पिथौरागढबाट नेपाल फर्केर बझाङ आएकी छन्। उनी जिल्लाको माईती गाउँ बित्थड पुगेपछि कलावति बोहरालाई बैतडी प्रहरीले सोधपुछका लागि बैतडी लगेको छ। महिलालाई जिल्ला अस्पताल बैतडीको सेफ हाउसमा राखिएको बैतडी प्रहरीले जनाएको छ। कलावति बोहराले घटना भएको दुई दिन अघि नै १० हजार रुपियाँ लिएर आफू घर आएको प्रहरीलाई बयान दिएकी छन्। हरिश बोहराले कलवावतिसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्न सँगै भारत गएका थिए। कलावतिले हरिश बोहरासँग दोश्रो विवाह गरेको बुझिएको छ।
हत्या गरिएका हरिश बोहरा, सहरोदर भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेको अवस्थामा हत्या भएको भारतको उत्तराखण्डस्थित जाजरदेवल प्रहरी थाना कार्यालयले जानकारी दिएको छ।
साभार दिनेश खबर
