स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट सबैको सहकार्यमा र जनताको आबश्यकता आधारित बितरण भएको छ । पारमर्श समिति सँग छलफल, स्थानिय तह सँग छलफल र पाटि कमिटिहरु सँग छलफलको गरेर मात्र बजेट बितरण गरिएको नेकपा जिल्ला कमिटि सदस्य तथा कार्यलय सचिब काशि बिकले वताएका छन् ।
निर्वाचित प्रतिनिधी सभा सदस्य लाल बहादुर थापाको नेतृत्वमा विनियोजन गर्ने ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । सासंदहरुले मनोमानी रुपमा योजना बाडने आरोप खेपिरहेका बेला सांसद थापाले भने सबै सँग सहकार्य गरेर बजेट बिनियोजन गरेको पाईएको छ । राष्ट्रिय सभाका सदस्य बद्रिप्रसाद पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख, नौ वटै स्थानिय तहका प्रमुख र अन्य सरोकारवालासँग छलफल मार्फत स्थानियको आबश्यकता अनुसार बजेट बिनियोजन गरीएको सांसद लाल बहादुर थापाले बडिमालिका खबर सँग बताएका छन् ।
६ करोड बजेटमध्ये २ करोड ३० लाख सडक निर्माण मै छुट्याईएको छ । ५० लाख बराबरका ठूला ६ वटा योजना मध्ये चार वटा योजना सडक नै परेका छन् । जसमा गौमुल गाउँपालिका अन्र्तगत घटमुना मानाकोट सडक, जगन्नाथ गाउँपालिका अन्र्तगत महनकोट हुदै थारिकाँडा सडक, स्वामिकात्र्तिक गाउँपालिका अन्र्तगत सुईजिउँला साप्पाटा र बर्कु अस्पताल देखि कार्कीवाडा मुक्तिकोट सडक निर्माणमा ५०–५० लाख बजेट विनियोजन गरिएको छ ।
स्वामिकार्तिक गाउँपालिकामा यो वर्ष २ ठूला योजनामा १ करोड गएको छ । यस्तै बुढीगंगा नगरपालिका २ र ३ मा बाटो, चौपाडी तथा गेट निर्माणका लागि ५० लाख छुट्याईएको छ, भने गौमुल गाउँपालिका २ को जनज्योति माविको भवन निर्माणका लागि पनि ५० लाख बजेट विनियोजन गरेको छ ।
गौमुल गाउँपालिकामा विद्यालय भवन, सडक र महादेव आधारभुत विद्यालयको भवनका लागि थप २० लाख गरि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । नौ वटा स्थानीय तहमध्ये गौमुलमा सबैभन्दा बढी बजेट गएको छ । खप्तड छेडेदह गाउँपालिमा ५० लाख बजेट गएको छ । घटाल प्रावि डोगडी घेरबारका लागि १० लाख, दाब्रेतोला देखि पीपलगाउँ जयवागेश्वरीसम्मको सडक २० लाख, सिमपाटी सिँचाई आयोजना दानीगाउँ १० लाख र मेलमुडा खानेपानी गुदुखातीका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
त्रिवेणी नगरपालिका १ स्थित लोवाढुंगा भुगातोला खानेपानी १० लाख, ६ नम्बर वडा पीपल तोला भाडवाडा खानेपानी १० लाख र धल्पुरी मावि तोलीमा १० लाख २५ हजार रुपैया बजेट विनियोजन गरिएको छ । जगगन्नाथ गाउँपालिकामा ५० लाख सडक बाहेक तल्लो हुनी सिँचाई कुलो १० लाख, नवजीवन कृषि उपज तथा संकलन केन्द्र गोत्री १० लाख र खोचीघाट भुका सिँचाई कुलो २० लाख बजेट विनियोजन गरिएको छ ।
बडिमालिका नगरपालिका अन्र्तगत त्रिभुवन आधारभुत विद्यालय नुवाकोटमा १० लाख, मनागाड विद्युत नहर निर्माण १० लाख, वीरेखोला सिँचाई आयोजना निर्माण १० लाख र गडखेत दैयारा सिँचाई निर्माण १० लाख बजेट विनियोजन गरिएको छ । बुढीगंगा नगरपालिकामा जेष्ठ नागरिक योग केन्द्र भवन निर्माण १० लाख, सिँगाडा मावि घेरबार १० लाख, धुरालसैन मावि भवन निर्माण १० लाख र बार्जुगाड विद्युत आयोजना निर्माण १० लाख बजेट विजियोजन गरिएको छ । बुढीनन्दा नगरपालिका माटीखान बयालपाटा तटबन्ध १० लाख, स्यालकाँटीया गाउँपहिरो तटबन्ध १० लाख र खूल्मीगाड विद्युत नहर निर्माण कोटीला १० लाख बजेट विनियोजन गरिएको छ ।
हिमाली गाउँपालिका बिच्छ्या मावि फिल्ड र घेरबार निर्माण १० लाख, मदनआश्रीत सामुदायिक भवन निर्माण १० लाख र लेख बिच्छ्या देखि उहिनेडीसम्म गोरेटो बाटो निर्माण १० लाख बजेट विनियोजन गरिएको छ । नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा कम ३०।३० लाख बजेट मात्र विनियोजन गरिएको छ । भने १० लाख बजेट जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि विनियोजन गरिएको छ । ३२ वटा योजनामा ६ करोड बजेट विनियोजन गरिएको छ । त्यो मध्ये ७ लाख ५० हजार जिल्ला समन्वय समिति प्रशासनीक खर्च छुट्याईएको छ ।