• होमपेज
  • देश
  • दोलखामा बोलेरो दुर्घटना एक बालिकाको मृत्यु, ५ घाइते

दोलखामा बोलेरो दुर्घटना एक बालिकाको मृत्यु, ५ घाइते

  • बुधबार, कार्तिक १३, २०७६
दोलखामा बोलेरो दुर्घटना एक बालिकाको मृत्यु, ५ घाइते

चरिकोट : बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका–२, सोकलाखेलापमा बुधबार बिहान बा १४ च ७६७ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ वर्षिया रोशनी ओलीको मृत्यु भएको हो।

प्रहरीका अनुसार एक्कासी अनियन्त्रित भएर बिहान ८ बजे बोलेरो गाडी दुर्घटना भएको हो। गम्भीर घाइते भएकी ओलीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा गर्दै साढे ९ बजे मृत्यु भएको दोलखा प्रहरीको सूचना अधिकारी सई यज्ञनन्द साहले जानकारी दिए।

कच्चीभित्री सडकबाट करिब २५ फिट तल खसेको बोलेरोमा सवार ९ मध्ये चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार