• होमपेज
  • समाज
  • भारतमा तीन नेपालीको हत्यापछि गाउँ शोकमा

भारतमा तीन नेपालीको हत्यापछि गाउँ शोकमा

  • बुधबार, कार्तिक १३, २०७६
भारतमा तीन नेपालीको हत्यापछि गाउँ शोकमा

बैतडी : कार्तिक ८ गते राति शुक्रबार भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएपछि उनीहरुको गाउँ शोकमा डुबेको छ।

पुरचौंडी नगरपालिका नगरपालिका ५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका ४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि अहिले गाउँ शोकमा डुबेको हो। स्थानीय बासिन्दासमेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले चाडपर्वमा गाउँ पुरै शोकमा रहेको बताए।

तिनै जनाको धारिलो हतियारले लिंग काटेर हत्या गरिएको थियो। उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षदेखि मजदुरी गर्दै आएका थिए।

हरे बोहराकी श्रीमती किर्रा बोहराको घटनामा संलग्नता भएको हुन सक्ने आशंका गरिएको पुरचौंडी नगरपालिका– ५ का वडा अध्यक्ष नागीसिंह खडायतले बताए।

‘हरेको किर्रासँग दोश्रो विवाह हो। उनीहरु दुवैसँगै काम गर्थे। अहिले किर्रा बझाङ माइतमा पुगेको भन्ने सुनिएको छ’, उनले भने, ‘उसलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ। तयसपछि केही न केही कुरा बाहिर आउन सक्छ।’

आफ्ना दुई छोराको मृत्युले दहतोलीकी ७० वर्षीया मनोरी बोहरा विक्षिप्त छन्। वडा अध्यक्ष खडायतले भने, ‘छोराहरुको मृत्युको खबर पाउना साथ उनी बेहोस छन्। घरमा पनि सम्झाउने मान्छे पनि छैनन्।’

मृतको शतगत गर्नका लागि केही गाउँले पिथौरागढतर्फ सोमबार बिहानै गएका उपप्रमुख बोहराले बताए। ‘बीरा बोहराकी श्रीमती तथा छोरा कैलालीतिर बस्दै आएका छन् भन्ने सुनिएको छ’, उनले भने, ‘घटनाले गाउँ शोकमा डुबेको छ।’

बीरा बोहरा केही महिना अघि मात्रै दाजु–भाउजू भेट्न भनेर पिथौरागढ गएका र उनी पनि उतै मजदुरी गर्दै आएका थिए।

तिनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन्। एक गाउँका दुईजना र नजिकैको अर्को गाउँका एकजनाको सामूहिक हत्या भएपछि पिथौरागढमा काम गरिरहेका नेपाली मजदुर पनि निकै दुखित भएका छन्।

सामूहिक हत्याले उनीहरुलाई समेत झस्काएको छ। आफ्नो देशमा रोजगारीको अवसर नहुँदा बैतडीका अधिकांश युवा रोजगारीका लागि भारत पस्ने गरेका छन्। भारतमा उनीहरुले विभिन्न किसिमका समस्या झेल्दै आएका छन्।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार