शनिबार, बैशाख १५, २०८१

केकीलाई राहत

  • सोमवार, कार्तिक ११, २०७६
केकीलाई राहत

केकी अधिकारीले ‘स्वर’बाट बाट नौ वर्षअघि नेपाली फिल्ममा डेब्यू गरेयता फिल्मबाट सबै कुरा पाइन्। पाइनन् त एउटै हिट। यो वर्षको अवधिमा जति फिल्म गरिन्, केकी मुख्य भूमिकामा रहेका कुनै पनि फिल्मले हिटको ट्याग पाएनन्। तर, ‘छ माया छपक्कै’को व्यापारले केकीको फिल्मोग्राफीमा रहेको यो अभाव पूरा गरिदिएको छ। फिल्मले सुपरहिट भएको छ।

केकी अभिनीत ‘नाइँ नभन्नू ल ५’ले पनि हिटको व्यापार गरेको थियो तर फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यो फिल्म हिट हुँदा पनि क्रेडिट भने उनको भागमा छैन। फिल्म हेर्नेले केदार घिमिरेको तारिफ गरेका छन्। तर, क्रेडिट नपाए पनि अब उनलाई फ्लप हिरोइन भने कसैले भन्न पाउनेछैनन्। एउटै सही, उनको भागमा हिट परेको छ। यसले केकीको करिअरले छलाङ मार्ने त त्यस्तै हो, उनलाई राहत भने दिएको छ।

चर्चामा

सम्बन्धित समाचार