• होमपेज
  • देश
  • मनाङमा पर्वतारोहण विद्यालय बन्दै

मनाङमा पर्वतारोहण विद्यालय बन्दै

  • सोमवार, कार्तिक ११, २०७६
मनाङमा पर्वतारोहण विद्यालय बन्दै

काठमाडौँ — मनाङमा अत्याधुनिक माउन्टेनियरिङ स्कुल बन्ने भएको छ । सगरमाथा आरोही दक्षिण कोरियाली नागरिकले आफ्नो नाममा स्थापना गरेको अम होङ गिल हुमन फाउन्डेसनले पर्वतारोहण विद्यालय बनाउन लागेको हो ।

विद्यालय बनाउन नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) र फाउन्डेशनबीच समझदारी भइसकेको छ । ‘एमओयु भयो अब डिपिआर बनाउने प्रक्रियामा छौं,’ फाउन्डेशनकी कार्यक्रम प्रबन्धक निलम थापाले फाउन्डेशनको दसौं वार्षिकोत्सवको अवसरमा भनिन्, ‘डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पछि लागत किटान हुनेछ ।’

नेपाललाई कार्यथलो बनाएको फाउन्डेशनले १२ जिल्लामा १५ वटा आधुनिक भवन निर्माण गरिसकेको छ । प्रबन्धक थापाका अनुसार विभिन्न विद्यालय निर्माणमा हालसम्म ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । उनका अनुसार थप तीन नमुना विद्यालय निर्माण प्रक्रियामा छन् ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कालिकाशरण माध्यमिक विद्यालय निर्माण भइरहेको छ । कुल ४ करोड ३० लाख रुपैयाँ लागतमा बनिरहेको विद्यालय १० कोठे भवन, १४ कोठे छात्रावास र सामुदायिक हल रहेका छन् ।
त्यसैगरी तार्केश्वर नगरपालिका–५ मा पृथ्वीनारायण मावि निर्माण प्रक्रियामा छ । विद्यालयको ३ भवन, पुस्तकालय भवन, ८ सय जना अट्ने इनडोर स्पोर्टस् कम्प्लेक्स बन्ने तयारी छ भने १९ करोड रुपैयाँ लागत स्टिमेट भएको जनाइएको छ । ‘तेह्रथुम जिल्लामा बनाउने योजना बनेको छ,’ फाउन्डेशनकी कार्यक्रम प्रबन्धक थापाले भनिन्, ‘केही विद्यालय छनोटको क्रममा छौं ।’
त्यस्तै, फाउन्डेशनले अन्नपूर्ण ट्रेकिङमा जाने पदयात्री र स्थानीयको स्वास्थ्य समस्या समाधानका लागि माछापुच्छ्रे बेस क्याम्पमा रेस्क्यु सेन्टर (आपतकालीन उद्धार केन्द्र) निर्माणका निम्ति एनएमएसँग सम्झौताको तयारी गरेको थापाले जनाइन् ।

चर्चामा

सम्बन्धित समाचार