• होमपेज
  • बाजुरा बिशेष
  • तिहारमा जनताका गुनासो सुन्दै सांसद थापा

तिहारमा जनताका गुनासो सुन्दै सांसद थापा

  • सोमवार, कार्तिक ११, २०७६
तिहारमा जनताका गुनासो सुन्दै सांसद थापा

प्रकाश सिंह
प्रतिनिधि सभाका सदस्य लाल बहादुर थापा तिहारमा गाँउ गाँउमा पुगेर जनताका गुनासा सुनिरहेका छन् । चुनाव जितेपछी गाँउमा जनप्रतिनिधि नआउने गुनासो गरीरहेका जनता यति बेला सासंद थापा गाँउमा ब्यस्त रहेका छन् । तिहारको शुभकामना आदानप्रदान साथै विकासका लागि स्थानिय र सरोकारवाला सँग छलफल गरिरहेका छन् ।
गाँउमा प्रत्यक्ष स्थानिय सँग भेटघाट सँगै विकास निर्माणका कामका बारेमा अनुगमन छलफल गरिरहेका स्थानिय समाजसेवी भिम खडकाले वताएका छन् । सांसद थापा घर घरमा पुगेर जनताका गुनासो सुनीरहेको खडकाले वताएका छन् । गाँउमा सासंद प्रत्यक्ष भेटदा स्थानिय निकै खुशी भएका छन् ।


बाजुरा जिल्ला गरिबिमा सबै भन्दा पुछारमा रहेको छ । गरिबि निवारण कोषले निकालेको प्रतिबेदनमा ७२ प्रतिशत गरिबदर देखाएको छ । बाजुरा जिल्लाको गरिबि दर कम गर्न र विकासका लागि सांसद लाल बहादुर थापाले छलफल चलाएको नेकपा जिल्ला कमिटि सदस्य हरि रोकायाले वताएका छन् । थापा विजय भए पटक पटक जिल्ला स्थित कार्यलय प्रमुख, नागरिक समाज, ब्यापारि र स्थानिय जनप्रतिनिधि बिच छलफल चलाएको रोकायाले वताए । दुईतिन महिनाको एक पटक दुर्गम गाँउमा पुगेर जनता सँग गाँउमा गएर समेत छलफल चलाएका छन् ।
सांसद लाल बहादुर थापाले जिल्ला स्थित सरोकारवाला सँग मात्र नभई गाँउघरमा गएर जनताका समस्याका बारेमा छलफल चलाएका छन् । बुढिगंगा नगरपालिका ३ ताप्राका चन्द्र बहादुर थापाले भने पहिला सबै जितेपछि काठमाडौ गइहाल्थे, चुनावका बेलामात्र जनता सँग समन्वय हुने गथ्र्ये, तर लाल बहादुर थापा भने विजय भइसकेपछि पनि जनताको घर दैलोमा पुगेको वताए । गाँउमा आएर जनताका समस्या समाधान गर्नका लागि सबै सँग छलफल गरेका छन् ।


प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले भने जसरी जनताले आफुलाई विजय गराए, त्यसैगरि जनताको काममा रातदिन खटिने वताए । जिल्लामा लामो समय सम्म ठेक्का भएका तर काम नभएका योजना सम्पन्न गर्न पहल गर्ने, नबनाएमा कार्यवाहिका लागि पहल गर्ने वताएका थापाले थपे । आठ बर्ष सम्म पनि काँडा स्वास्थ्य चौकिको भवन, साँफे मार्तडी सड्क खण्ड अन्तर्गत गुईगाडको पुल ठेकेदारको लार्पवाहिले नभएको तिनिहरुलाई योजना सम्पन्न गर्न पहिलो पहल हुने प्रतिबद्धता गरेका छन् । स्वास्थ्यमा बाजुरा जिल्लामा बिभिन्न समस्या रहेका छन् । ति समाधान गर्नका लागि जिल्ला अस्पताल बाजुरा सँग छलफल चलाएको डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । सासंद सँग छलफल भयो, रक्क्तसञ्चार सेवा सञ्चालन गर्न र एम्बुलेन्सका लागि पहिलो चरणमा गर्ने प्रतिबद्धता गर्नु भएको छ डा. बिश्वकर्माले वताए ।


सासद लाल बहादुर थापा पुर्व जिल्ला विकास समिति सभापति समेत भइसकेको हुन् । अहिले उनि नेकपा केन्द्रिय सदस्य तथा बाजुरा ईन्चार्ज समेत हुन् । उनि चुनाव जितिसकेपछि पनि धेरै समय गाँउमा गएर जनता सँग छलफल चलाइरहेका छन् । बाजुराको कृषि, पर्यटन, बिद्युक्तको विकास गर्न सक्ने बाजुरा सधै अभाबको जिल्ला नहुने त्यता तिर विकास गर्ने आफ्नो योजना रहेको सासद थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार