• होमपेज
  • देश
  • जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

  • सोमवार, कार्तिक ११, २०७६
जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी वृत्त महराजगन्जले जुवाको खालबाट दुई करोड ४७ लाख २० हजार रुपैयाँसहित २५ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने ‘बलराम’ भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रहरीले उनीहरुलाई महाराजगन्जको साम्बला होटल पछाडि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार