शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुत्केरी महिलाको उद्धार

सुत्केरी महिलाको उद्धार

  • सोमवार, कार्तिक ११, २०७६
सुत्केरी महिलाको उद्धार
जिल्ला अस्पतालमा सुत्केरी महिलालाईमा राख्दै डाक्टर सहित नगरप्रमुख । तस्वीर संगिता

संगीता तिमिल्सेना
बाजुरा १० कात्र्तिक । सुत्केरीहुन नसकी प्रसव पिडामा रहेकी एक महिलाको शनिबार राती उद्धार गरीएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ की कल्धरी वि.क.को उद्धार गरीएको हो । सात महिनाको गर्भ रहेकै अवस्थामा महिलाको अत्यधिक रक्तश्राव हु“दा जिल्ला अस्पताल मार्तडी पुगाईएकी महिलालाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछी नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी बयालगढा अस्पताल अछाम पठाईएको हो । उनका श्रीमान नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नुह“दा छिमेकी बयालगढा अस्पताल पुगाईए पछी अहिले महिला र बच्चाको अवस्था सामान्य रहेको उनका आफन्त डबल विकले बताए ।
बच्चा जन्मिनको लागी ४० हप्ता अर्थात २८० दिनपुग्नु पर्ने भएपनि २९ हप्ता ३ दिनको अवधिमा नै महिलालाई सुत्केरी पिडा भएपछी जिल्ला अस्पताल मार्तडी पुगाईएको थियो । जिल्ला अस्पतालमा सिजेरियन सेक्सनमा डाक्टर नभएको र अप्रेसन गरी बच्चाजन्माउनु पर्ने भएकाले बयाल गढा अस्पतालमा रिफर गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्तकार्यलय प्रमुख डाक्टर रोहित गिरीले जानकारी दिएका छन् ।
हप्तामा तिन देखि चार जना यस्तै प्रकृतिका बिरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिए । विगत केहीवर्ष यता निकसाईमन ईन्श्च्युट (एन एस आई ) बाट दुईजना डाक्टर हुंदा केही सहजभएको थियो । हाल एक जना डाक्टर टिका राईको सरुवा भएको छ भने एकजना तिहार बिदामा हुं“दा जिल्लामा सिएस गर्न पनि निकै अप्ठेरो भएको छ । बिगतमा सुत्केरी महिलाको सिएस गर्दा केही समस्या पनि नआएका हैनन् काम गर्दागर्दै स्थानीयबाट साथ पाईएन । अहिले त हामीसंग जनशक्ती पनि छैन जोखिम मोल्न सकेनौं म आफै गएर बिरामीलाई गाडीमा राखेर हिजो शनिबार राती रिफर गरेको छु, डाक्टर रोहितले बताएका छन् । जनचेतनाको कमी, स्वास्थ्य र पोषणको अभावले यस्ता घटनाहरु बढीरहेको पाईएको छ ।
प्रसव पिडामा छटपटाई रहेकी बि.क.लाई सहयोग गरी आमा र बच्चा दुबैको ज्यान बचाउन सकिएकोमा नगर प्रमुख बडुवालले खुशीव्यक्त गरे । जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आईराखे पनि अस्पतालको क्षमता बिस्तार गरी आवश्यक सेवा सुविधा पुर्याउन आबस्यक ब्यबस्थापनका लागि सम्बद्ध निकायमा आफु लागि परेको नगर प्रमुख बढुवालले बताए । केही महिनायता सुत्केरी ब्यथाकै कारण बाजुरामा तिन जना महिलाको ज्यान गैसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार