• होमपेज
  • समाचार
  • तिमिल्सिना समाज नेपालको धरान समिति पुनर्गठन

तिमिल्सिना समाज नेपालको धरान समिति पुनर्गठन

  • शनिबार, कार्तिक ९, २०७६
तिमिल्सिना समाज नेपालको धरान समिति पुनर्गठन

 बिहिवार तिमिल्सिना समाज नेपाल, धराननगर समितिको दोस्रो साधारण सभामार्फत नयाँ समितिको पुनर्गठन गरिएको छ । सात सदस्यीय समितिको अध्यक्ष पदमा तीनबर्से कार्यकालका लागि गोविन्द तिमिल्सिना चयन भएका छन् । पुनर्गठित समितिको उपाध्यक्ष गौरीशङ्कर तिमिल्सिना, सचिव धर्मराज तिमिल्सिना, सहसचिव अनिप तिमिल्सिना, कोषाध्यक्ष शिवराज तिमिल्सिना तथा दुई जना सदस्यहरूमा भोला तिमिल्सिना तथा श्याम तिमिल्सिना चयन भएका छन् । भेलाले तिमिल्सिना समाज नेपालका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनालाई र नगर समितिका निवर्तमान कोषाध्यक्षलाई सल्लाहकारका रूपमाचयन गरेको छ । निर्वाचित अध्यक्ष यसअघिको कार्यकालमा समेत अध्यक्ष रहेका थिए । उनकै अध्यक्षतामा बसेको साधारण सभामा समाजका प्रदेश नं. १ का संयोजक हरिप्रसाद तिमिल्सिना प्रमुख अतिथि रहेका थिएभने विशिष्ट अतिथि प्रदेश समितिका उपाध्यक्ष भवकृष्ण तिमिल्सिना रहेका थिए ।कार्यक्रममा समाजको केन्द्रीय समितिमा निर्वाचित डा.महानन्द तिमिल्सिनालाई र प्रदेश नं १ को संयोजकमा निर्वाचित हरिप्रसाद तिमिल्सिनालाई बधाई दिइएको थियो ।
तिमिल्सिना समाज नेपालको विधान २०६३ अनुसार धरान नगर समितिको गठन भएको हो । धरान क्षेत्रभित्र बसोबास गर्ने तिमिल्सिना बन्धुहरूको खोजी गरी सबैलाई एकताको सूत्रमा आबद्ध गरी एकआपसमा सहयोगको भावना अभिवृद्धि गर्नु यस समिति गठनको उद्देश्य रहेको छ । यसै गरी समाजको केन्द्रीय विधानको मातहतमा रही तिमिल्सिनाहरूको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाको अध्ययन गर्नु, बन्धुहरूको उत्पत्तिदेखि हालसम्मको वंशक्रमको अध्ययन अनुसन्धान गर्नु, कुलपूजा आदि धार्मिक, सांस्कृतिक परम्परालाई व्यवस्थित ढंगले संरक्षण एवम् सम्बद्र्धन गर्नु, ‘सेवा हि परमो धर्म’ को भावनालाई प्रोत्साहित गर्नु आदि यस समितिले गर्ने मूलभूत कार्यक्षेत्रहरू रहेको कुरा समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले बताए ।

चर्चामा

सम्बन्धित समाचार