• होमपेज
  • ब्रेक्इङ न्युज
  • तिहार आए संगै देउसी भैलो सुरु

तिहार आए संगै देउसी भैलो सुरु

  • शुक्रबार, कार्तिक ८, २०७६
तिहार आए संगै देउसी भैलो सुरु

बाजुरा जिल्लामा तिहार नजिकीए संगै देउसी भैलो खेल्न सुरु गरिएको छ । बिभिन्न युवा क्लव बाल कल्व र बिद्यालयको आयोजनामा बिभिन्न समुहमा बजारमा देउसी खेल्न सुरु गरिएको हाे।
सस्कृती संरक्षण सम्बद्धनका संगै नबिनताको खोज शिक्षामा सबैको पहुँच गुणस्तरीयता अभिबृद्दीमा जोड भन्ने नारासाथ यसपालिको तिहारमा देउसी भैलो खेलेर आर्थिक सहयोग संकलन गर्ने गरि बडिमालिका नगरपालिका वडा नम्मर ७ जिल्लीको लक्ष्मी माध्यामिक बिद्यालयले पनी आयोजना गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच देउसी भैलाे सुरू गरेकाे बिद्यालय ब्यबस्थापन सिमित अध्यक्ष धुमा खत्रीले बताएकी छन् । बिद्यालयकाे स्तरउन्नती र शैक्षिक साम्रगी किन्नका लागी अायाेजना गरिएकाे बिद्यालयले बताएकाे छ । ब्यबस्थापन समितिका अध्यक्ष धुमा खत्रीकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि बडिमालिका नगरपािलका उपप्रमुख कबिता बिष्ट रहेकी थिइन । कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, सामाजिक अगुवा तुलाराम जैशी पत्रकार लक्ष्मीराज पाध्यायकाे समेत सहभागीता रहेकाे कार्यक्रमकाे संचालन लक्ष्मी माबिका शिक्षक प्रेमलाल पाध्यायले गरेका थिए । उद्घाटन कार्यक्रम पछी नगरपालिककाे प्रगंणबाट देउसी खेलेर टाेली बजारतिर लागेकाे बिद्यालयका निप्रअ लालचन्द जैशीले बताए ।
बडिमालिका नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच देउसी भैलो उद्धघाटन गरिएको छ । बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टको प्रमुख आथित्यमा सो कोर्य क्रमको उद्धघाटन गरिएको शिक्षक प्रेमलाल पाध्यायले बताएका छन् ।
अहिले चाडपर्वमा खेलिने देउसी भैलो संस्कृति भन्दा पनि बिकृती तर्फ उन्मुख भइरहेको समयमा गाउँघरको सामुदायिक बिद्यालय लाई नियमित आम्दानीको स्रोत बनाउने उदेश्य साथ खेलिएको देउसी भैलो सकारात्मक रहेको  उपप्रमुखकाे भनाइ  रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार