शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • मेयरकपको उपाधी सूर्यतारालाई

मेयरकपको उपाधी सूर्यतारालाई

  • बिहिबार, कार्तिक ७, २०७६
मेयरकपको उपाधी सूर्यतारालाई
 विजेता टिमलाई चेक र ट्फी हस्तान्त्रण गर्दै भूमिसुधार सहायक पूर्व मन्त्री जनकराज गिरी, नगर प्रमुख पदम कुमार गिरी सहीत । 

 प्रकाश सिहं/ कृष्ण ओली 

कोल्टी कातिक ७ — बुढीनन्दा नगरपालिकाले आयोजना गरेको जिल्लाकै सर्वाधिक धनराशीको प्रथम मेयर कपको उपाधी सूर्यतारा फाउन्डेसन कोल्टीले हात पारेको छ । नेपाल प्रहरीलाई १(० गोल अन्न्तरले पराजित गर्दै सूर्यताराले प्रथम मेयरकपको उपाधी हात पारेको हो । २४ टिम सहभागि खेलमा सूर्यताराले पाण्डुसैन फुटबल क्लबलाई पराजित गर्र्दै फाइनल यात्रा तय गरेको थियो । उपाधीसँथै सूर्यताराले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र, मेडल र टफि हात पारेको हो । घरेलु मैदानमा आयोजिक खेलमा सूर्यताराले खेलमा अपरावित यात्रा कायम राख्दै उपाधी जितेको हो । स्वामिकार्तिक फटबल क्बललाई प्यानाल्टी सुटआउटमा हराएर फाइनलनको यात्रा तय गरेको नेपाल प्रहरी उपविजेता बनेको छ ।

पहिलो हाफमा सूर्य ताराले लिएको १ गोलको अग्रतालाई बराबरी गर्न नसक्दा प्रहरी उपविजेतामै चित्त बुझाउन बाध्य भएको हो । उपविजेता बनेको जिल्ला प्रहरी कार्यालय बाजुराको तर्फबाट सहभागि नेपाल प्रहरीले ८८ हजार ८ सय ८८ नगद सहीत प्रमाण पत्र, मेडल र टर्फि हात पारेको छ । असोज २८ गतेबाट सुरु भएको खेल ११ देखिसम्म चलेको थियो । बुढीनन्दा नगरपालिका मेयर कल जिल्लामा आयोजना गरिएको सबैभन्ढा बढी धनराशीको फुटबल प्रतियोगिता हो । गौमुल र स्वामिकात्र्तिक फुटबल क्लबलाई विजेताको दाबेदार मानिएपनि गौमुल क्वाटर फाइनलबाटै आउट भयो भने, स्वामिकात्र्तिक सेमिफाइनबाट बाहिरिएको हो । जिल्लाकै प्रतिष्ठीत खेलको रुपमा हेरिएको खेलमा जिल्ला बाहिरबाट पनि खेलाडी सहभागि थिए । फाइनल खेलमा गोल गर्ने विजेता सूर्यताराका सायल विष्ट म्यान अफदी म्याच बने । उदयमान खेलाडीको उपाधीबाट रारा स्पोेटर्स क्लबका गौरव रावत सम्मानीत भए । खेलमा सेमी फाइनलबाट बाहिरिएको स्वामिकात्र्तिक फुटबल क्लबका प्रितम खड्का उत्कृष्ट गोलकिपरको रुपमा सम्मानीत भए । खड्का नेपालगञ्ज ११ को टिमबाट फुटबल खेल्छन् । खेलमा उपविजेता नेपाल प्रहरीका कप्तान धनराज थापा उत्कृष्ट मिडफिल्डर र नेपाल प्रहरीकै सुनिल धामी उत्कृष्ट डिफेन्डर बने । थापा नेपाल प्रहरीमा कार्यरत छन् । भने धामी बिडिभिजन खेलसँग आवद्ध छन् । खेलमा सर्वाधिक गोल कर्ताको रुपमा विजेता सूर्यताराका उमेश रेग्मी सम्मानीत भए । रेग्मीले खेल अवधीभर व्यक्तिगत ९ गोल गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सूर्यताराकै जीवन नेपाली बने । नेपाली सूर्यताराका गोल किपर हुन् । यस्तै अनुशासीत टिमका रुपमा क्रियटर जोन ऐकेडेमी सम्मानीत भयो भने, उत्कृष्ठ टिम व्यवस्थापकको रुपमा नेपाल प्रहरीका व्यवस्थापक प्रहरी निरीक्षक जनक ढुंगाना बने । खेलमा उत्कृष्ट टिम कोचका रुपमा हेमराज थापा सम्मानीत भएका छन् । डिभिजन तहका खेलमा आवद्ध खेलाडीहरु सहभागि खेलले जिल्लाको खेल क्षेत्रमा नयाँ आयम थपेको भूमिसुधार सहायक पूर्व राज्य मन्त्री जनकराज गिरीले बताएका छन् । खेलका प्रमुख अतिथि समेत रहेका गिरी र बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले विजेता र उपविजेतालाई मेडल, प्रमाण पत्र सहीत चेक हस्तान्त्रण गरेका हुन् । मेयरकप नामका लागि मात्र नभई नयाँ खेलाडी उत्पादन गर्न खेल क्षेत्रको विकासमा योगदान पुर्याउन आयोजना गरिएको बुढीनन्दा नगरपालिकाका प्रमुख पदक कुमार गिरीले बताएका छन् । नगर प्रमुख गिरीकै अध्यक्षतामा सञ्चालन भएको समापन समारोहको सञ्चालन आयोजक समितिका दिनेश शाहीले गरेका हुन् । भने प्रमुख अतिथि भूमिसुधार सहायक पूर्वमन्त्री जनकराज गिरी रहेका थिए । नाम चलेकै खेलाडीहरु सहभागि खेलमा दर्शकहरुले पनि खेल अवधीभर उत्साह जनक सहभागिता जनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार