शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • खगेन्द्र वड बचाऔ अभियानमा उपचारमा ठुलाे सहयाेग जुट्याे

खगेन्द्र वड बचाऔ अभियानमा उपचारमा ठुलाे सहयाेग जुट्याे

  • बिहिबार, कार्तिक ७, २०७६
खगेन्द्र वड बचाऔ अभियानमा  उपचारमा ठुलाे सहयाेग जुट्याे

जनक बिक्रम सिंह
दिल्ली — ३३बर्सिय खगेन्द्र वड आन्द्रा मा क्यान्सर रोग बाट ग्रसित हुनुहुन्थ्यो उहाँ को उपचार भरतपुर चितवन क्यान्सर अस्पताल मा चलिरहेको थियो।आर्थिक अभाव ले पिरोलिएका वड लाई बचाउने उध्यस्य ले सुदूरपश्चिम नेपाली जनकल्याण समाज रजि भारत ले आर्थिक अभियान चलाएको थियो।
आर्थिक अभियान मा जनकल्याण केन्द्र, राज्य र नगर गरि सबै लाई जुट्न जनकल्याण का केन्द्र का अध्यक्ष चक्र शाह ले निर्देशन दिनु भएको थियो।आर्थिक संकलन अक्टोबर १९तारिख सम्म चलाइएको हाे ।
आर्थिक संकलन मा भारत भरी छरिएका नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा ले १००/५००र ५०गरि खगेन्द्र वड बचाऔ अभियान लाई साथ दियको जनकल्याण का राज्य अध्यक्ष कुल बहादुर खातीले बताए ।
करिब एक महिना चलाइएको खगेन्द्र वड बचाऔ अभियान मा रु १ लाख २८ हजार ९ सय १२ नेपाली रूपैया संकलन गरेको जनकल्याणका सचिब अर्जुन सिंह र प्रेम शाहीले बताएका छन् ।
खगेन्द्र वड बचाऔ अभियान अन्तर्गत उठेको रकम जस्ताको तस्तै जनकल्याणका राज्य अध्यक्ष कुलबहादुर खाती र जनकल्याणका राज्य सचिब जनक बिक्रम सिंहले नेपाल रेमिटेन्स मार्फत आइ एम इ गरि खगेन्द्र वडको नाममा भारतको राजधानी बाट पठाइएको र नेपाली रु १ लाख २८ हजार ९ सय १२ रूपैया  खगेन्द्र वडले रेमिटेन्स बाट निकाली नगद अस्पतालमा बुझाइ सकेको खबर जनकल्याण राज्य सचिब सिंहले बताए ।
अभियान को समापन गर्दै जनकल्याणका केन्द्रिय अध्यक्ष शाहले भने   हामीले चलाएको अभियान लाई सहयोग गर्ने सबै दाजुभाइ दिदिबहिनी प्रती आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गर्नु भयो साथै डम्बर बुढा,लगायत जनकल्याणका सबैले खगेन्द्र वडको स्वास्थ्य लाभ को कामना पनि व्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार