• होमपेज
  • समाज
  • श्रीमान छाडेर प्रेमीको पछि लाग्दा भारतमा बेचिन पुगिन महिला

श्रीमान छाडेर प्रेमीको पछि लाग्दा भारतमा बेचिन पुगिन महिला

  • बिहिबार, कार्तिक ७, २०७६
श्रीमान छाडेर प्रेमीको पछि लाग्दा भारतमा बेचिन पुगिन महिला

श्रीमान छाडेर प्रेमी संग भागेको खबर आजकल फेशन जस्तै भैरहेको छ । यस्तै महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै प्रेमीको पछि लाग्दा भारतमा बेचिन पेगेकी थिइन् । बेचिएको २५ दिनपछि उनि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको

बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् ।

घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् । बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई/तीनजना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौ ।

अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले सुनाइन् । ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गरेकामा प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए ।

सो घटना पछि अहिले ती महिलालाई कार्यालयमा बोलाइनाका साथै बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो । अनलाईन खबार बाट ।

चर्चामा

सम्बन्धित समाचार