• होमपेज
  • समाचार
  • कुलमान भन्छन ,अब विश्वकै सस्तो बिजुली नेपालमा निकाल्छु !

कुलमान भन्छन ,अब विश्वकै सस्तो बिजुली नेपालमा निकाल्छु !

  • बुधबार, कार्तिक ६, २०७६
कुलमान भन्छन ,अब विश्वकै सस्तो बिजुली नेपालमा निकाल्छु !

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले उक्त कुरा बताएका हुन ।

नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुदा बिजुलीको मूल्य सस्तो घिसिङ्गको भनाई थियो ।

घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा विजुली वितरण गर्न सक्छौं, यो भावि पुस्ताका लागि खुशीको खबर हो’ ।

घिसिङ्ग सिमरा विमानस्थल हुदै विश्व बैंकले आयोजना गरेको ‘प्रदेश ३ का सवै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागि हुन हेटौडा आएको हुन ।

चर्चामा

सम्बन्धित समाचार