• होमपेज
  • देश/प्रदेश
  • प्रमुख जिल्ला अधिकारी निरौलालाई विधाई

प्रमुख जिल्ला अधिकारी निरौलालाई विधाई

  • बुधबार, कार्तिक ६, २०७६
प्रमुख जिल्ला अधिकारी निरौलालाई विधाई

रोशन लामिछाने
स्याङ्जा, ६ कात्तिक
स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई एक कार्यक्रमका विच कर्मचारी मिलन केन्द्रले विदाई गरेको छ । प्रमुख जिल्ला अधिकारी निरौला सरुवा भएर गुल्मी जान लागेपछि मिलन केन्द्रले विधाई गरेको हो । करिब १८ महिना अगाडी प्रमुख जिल्ला अधिकारीका रुपमा स्याङजा आएका निरौलाले कर्मचारी भएपछि एक दिन अवश्य सरुवा भएर जानु पर्ने बताउदै राम्रो सग काम गर्न कर्मचारीहरुलाई सुझाएका थिए । स्याङजाले दिएका साथ र माया कैल्याई आफुले नविर्सने निरौलाले बताए । विधाई कार्यक्रममा जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, डिभिजन बन कार्यालयका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष कोमलराज काफ्ले र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्वल बस्नेत लगायतले मन्तव्य राखेका थिए । प्रमुख जिल्ला अधिकारी निरौलालाई पुतलीबजार नगरपालिका, सामुदायीक प्रहरी प्रगतीनगर र स्याङजा चेम्बर अफ कमर्श लगाएतले विधाई कार्यक्रम आयोजना गरि विदाई गरेका थिए । कर्मचारी मिलन केन्द्रका संरक्षक समेत रहेका निरौलालाई कर्मचारीहरुले फुल, अविर, माला र खादाले विदाई गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार