• होमपेज
  • समाज
  • किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स—भोलिको नेतृत्वका लागि तयार हुनुस

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स—भोलिको नेतृत्वका लागि तयार हुनुस

  • मङ्लबार, कार्तिक ५, २०७६
किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स—भोलिको नेतृत्वका लागि तयार हुनुस

काठमाडौ— महिला, बालबालिका,तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ ।
सोमबार लैगिक हिंसा विरुद्धको अभियान बर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले विगतमा राजनिति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको बताउनुभयो ।
उहाँले त्यसैगरी किशोरीहरुले आजका दिनमा समस्यामा परेका व्यक्तीहरुलाई सहयोग गर्ने र सामाजिक समस्या निराकरणका लागि भुमिका निर्वाह गरेर भोलीको नेतृत्वका लागि तयार हुन प्रोत्साहित गर्नुभयोे ।
मन्त्री थापाले भन्नुभयो —“ठाउँठाउँमा गएर बोल्नुहुन्छ,समाजका कुराहरु बुझ्नुहुन्छ त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ ।”
गाउँस्तरका लैगिक समस्या समाधानका लागि किशोरीहरुको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसमा सघाउन अनुरोध गर्नुभयो । “स्थानिय सरकारले तपाइहरुका कुरा सुन्छ,सन्नुपर्छ,तपाइहरुले स्थानिय सरकारलाई आफ्ना कुराहरु राख्नुस,काम गर्न सक्ने बनाउनुस ।”
किशोरी सञ्जालकी अध्यक्ष १७ बर्षकी मेनुका थापाले छोरीहरुले अहिले पनि घरबाट बाहिर निस्केर काम गर्न सक्ने वातावरण नभएको बताउनुभयो ।
उहाँले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको बताउनुभयो । थापाले भन्नुभयो “छोरीहरुलाई घरको काममा मात्र सिमित होस् भन्ने धारणा अझैपनि उस्तै छ,बाहिर गयो भने कहाँ गइस ?,किन गइस ? के का लागि गइस ? भनेर सोध्छन ।”
बर्दिया जिल्लाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरु सुनाउन आउनुभएकी १६ बर्षिय दिक्षा गिरीले शिक्षित व्यक्तीहरुबाटै लैगिक विभेद भोग्नुपरेको बताउनुभयो ।
उहाँले घरमै पनि महिनावारी भएको बेलामा बुवाआमाले खाना पकाउन जाउँ भनेर भनेपनि पुजा गर्न जाउँ भनेर चाँही नभनेकोमा गुनासो गर्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो । जसका लागि मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तीहरुसंग नियमित छलफल गरिरहेको पत्रकार गगनशिला खड्काले बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार