• होमपेज
  • समाज
  • युट्यवबाट गीत हटाउन सहमती जनाएसँगै छुटे गायक दुर्गेश थापा

युट्यवबाट गीत हटाउन सहमती जनाएसँगै छुटे गायक दुर्गेश थापा

  • मङ्लबार, कार्तिक ५, २०७६
युट्यवबाट गीत हटाउन सहमती जनाएसँगै छुटे गायक दुर्गेश थापा

काठमाडौं । विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो ।
तर, दुर्गेशले सो गीत युट्यवबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार