मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीमा स्थानीयमाथि डोजर मार्फत आक्रमण गर्ने चालक पक्राउ

बैतडीमा स्थानीयमाथि डोजर मार्फत आक्रमण गर्ने चालक पक्राउ

  • मङ्लबार, कार्तिक ५, २०७६
बैतडीमा स्थानीयमाथि डोजर मार्फत आक्रमण गर्ने चालक पक्राउ

बैतडीमा स्थानीयमाथि डोजर मार्फत आक्रमण गर्ने चालक पक्राउ परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्वर २ का डोजर चालक किशोर बोहरा पक्राउ परेका हुन्। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ९ ग्वाल्लेकमा सडक निर्माणका बिषयमा विवाद हुँदा उनलृे डोजर मार्फत नै स्थानीय महिलामाथि आक्रमण गरेका थिए।

सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा विवाद हुँदा भएको झडपका क्रममा उनले स्गानी गौरा जोशीमाथि डोजरले आक्रमण गरेका थिए। आक्रमणबाट उनी घाईते भएकी छिन्। सोही झडमा पनि थप सात जना पनि घाईते भएका छन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। स्थानीयले आफ्नो जमिनमा डोजर चलाएको भन्दै विरोध जनाएका थिए।

चर्चामा

सम्बन्धित समाचार