बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कश्मिरमा नेपाल घर भएका दुइ गोर्खा सैनिकको निधन !

कश्मिरमा नेपाल घर भएका दुइ गोर्खा सैनिकको निधन !

  • सोमवार, कार्तिक ४, २०७६
कश्मिरमा नेपाल घर भएका दुइ गोर्खा सैनिकको निधन !

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका बखत भनेका थिए-भारतले कुनै यु’द्ध लडेको छैन जहाँ गोर्खा सैनिकको बलि:दानी नभएको होस् । काश्मिरको यु’द्धमा भारतका लागि गोर्खा सैनिकले बलि:दानी दिदै आएको धेरै कथाहरु छन् । बलिदा:नी फेरि थपिएको छ ।

२ कात्तिकमा पाकिस्तानी सैनिकसँगको भि’डन्तमा दुई गोर्खा सैनिकले वीर:गति प्राप्त गरेका छन् । भारतीय सेनालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले वीरगति प्राप्त गर्नेमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ भएको जनाएको छ । उनीहरु नेपालका हुन् र कहाँका बासिन्दा हुन् जानकारीमा आइसकेको छैन ।

पाकिस्तानबाट आ:तंककारी घुसपैठका क्रममा उनीहरुले वीर:गति प्राप्त गरेको उल्लेख छ । काश्मिरको लाइन अफ कन्ट्रोलमा पाकिस्तानी सैनिकसँग भारतीय सैनिकको भि:डन्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।गोर्खा सैनिकको निधनबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनापति जनरल विपिन रावतसँग कुरा गरी गहिरो दुःख व्यक्त गरेको समाचार संस्था आइएएनएसले जनाएको छ ।

भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल वीपिन रावतले पाकिस्तानतर्फ १० जनासम्मको सैनिकको निधन भएको बताएका छन् । जसलाई पाकिस्तानले खण्डन गरेको छ । भरतीय सेनाका प्रधानसेनापति जनरल वीपित रावतले वीर:गति प्राप्त गरेका दुई सैनिकलाई बहादुर भन्दै परिवारप्रति शो:क व्यक्त गरेका छन् । रावतले वीर गोर्खा सैनिकप्रति सलाम भनेका छन् ।

पीटीआइका अनुसार पाकिस्तानी सेनाले गो.. चलाएपछि जवाफी फायरिङ भएको हो । घुनदिस्तान गाउँमा आइतबार भएको घटनामा दुई भारतीय सैनिकको निधन भएको थियो । जवाफी फाइरिङमा पाँचजना पाकिस्तानी सैनिकको निधन भएको पीटीआइले जनाएको हो ।

लाइन अफ कन्ट्रोलमा पाकिस्तानले यु’द्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । दुवै पक्षले एक अर्काको सीमाभित्र छिरेको आरोप लगाउने गरेका छन् ।

गत हप्ताको मंगलबार पाकिस्तानी मोटार हमलाबाट २७ वर्षीया महिलाको निधन भएको थियो । घटनापछि दुवै पक्षबीच तनाब बढ्ने खतरा बढेको छ ।
काश्मिरको विषयमा भारत र पाकिस्तानबीच तनाव कायमै छ । ३७० धारा खारेज पछि पाकिस्तान भारतीय कदमको विरोधमा उत्रिएको छ

चर्चामा

सम्बन्धित समाचार