• होमपेज
  • देश
  • पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश

पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश

  • आइतवार, कार्तिक ३, २०७६
पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश

३ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।

प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

पीडितको निवेदन

महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला आइतबार अदालतमा उपस्थित भएकी थिइन् । उनले इजलाससमक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।

अनलाइन खबर बाट

चर्चामा

सम्बन्धित समाचार