शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तरवार्ता
  • काँग्रेसको लागि मात्र नभई देशकै लागि शेरबहादुर देउवा दुर्भाग्य – सुजाता कोइराला

काँग्रेसको लागि मात्र नभई देशकै लागि शेरबहादुर देउवा दुर्भाग्य – सुजाता कोइराला

  • आइतवार, कार्तिक ३, २०७६
काँग्रेसको लागि मात्र नभई देशकै लागि शेरबहादुर देउवा दुर्भाग्य – सुजाता कोइराला

नेपाली काँग्रेसभित्र यतिखेर चरम निराशा छ । गुटवन्दीको मारमा परेको काँग्रेस भित्रको विभाजन प्रष्टसंग सतहमा आउन थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई ‘सभापति म नै पार्टी हुँ’ भन्ने शैलीमा हिडेको आरोप काँग्रेसकै कार्यकर्ताहरुले लगाउने गरेका छन् । यता कोइरालाको विरासत अर्थात नेतृत्वमा कोइराला परिवारको सदस्य नहुँदा उनीहरुमा पनि छटपटी बढेको छ भने धेरै कार्यकर्ताले यही छटपटीलाई अवसर बनाएर देउवाको शिरोच्छेदन गर्न सकिन्छ कि भन्ने अभिष्ट लिएको प्रष्ट देखिन्छ । कोइराला परिवारकै सदस्य सुजाता कोइराला स्वय पनि काँग्रेसमा नेतृत्वको विकल्प खोज्ने समय आएको बताउन थाल्नु भएको छ । कृष्णकुमारी चौलागाईले न्यूज २४ नेपालका लागि कोइरालासंग गरेको कुराकानी

नेपाली कांग्रेसको चौतर्फी रुपमा आलोचना भईरहेको छ, के कांग्रेसमा नेतृत्व गर्न सक्ने नेताको कमी भएकै हो त ?
पक्कै पनि नेपाली कांग्रेसमा नेतृत्वको अभाव छ, जुन गतिले नेपाली कांग्रेस अगाडि बढ्नु पर्ने थियो, पहिले पहिले जुन गतिमा अगाडि बढेको थियो, त्यसमा निक्कै कमी आएको नै हो । त्यसैले नयाँ नेतृत्व आउन आवश्यक रहेको छ भनिरहेका छौँ । नेतृत्व परिवर्तन अहिलेको नेपाली कांग्रेसको आवश्यकता हो । यदि नयाँ नेतृत्व आयो भने कांग्रेसमा धेरै परिवर्तन आउँछ र पहिला जुन अवस्थामा थियो, त्यो भन्दा पनि अझ बलियो भएर आउछ ।

अहिलेको सभापति शेरबहादुर देउवाको विकल्पमा नयाँ व्यक्ति जो आए पनि अहिले देउवा जीले चलाएको भन्दा राम्रो तरिकाबाट पार्टी चल्छ र पहिलाको तुलनामा कामहरु पनि हुदैँ जान्छन् यसमा म विश्वस्त छु । अहिलेको नेतृत्वमा रहेका व्यक्तिहरु पुराना पनि हुनुभयो, अबको विश्व परिस्थिति पनि बुझेको आधुनिक तवरबाट नेपाली कांग्रेसको विचार बोक्न सक्ने व्यक्ति नेपाली कांग्रेसको लागि आवश्यक छ ।
नेतृत्वकको लागि तपाई लगायत कोइराला परिवारको धारणा के छ ?
नयाँ नेतृत्वको लागि भन्दा पनि म आफु भने जीपी कोइराला फाउण्डेसन खोलेर युवा तथा महिलासंग सम्बन्ध बनाएर अगाडि बढाउने उद्देश्यमा लागिपरेको छु । मैले मेरो तर्फबाट सभापतिको लागि उम्मेद्वार बन्दिन भनि सकेको छु । देशको आवश्यकता हेरेर अगाडि बढ्न सकिन्छ । फाउडेण्सनबाट देशको स्थितिलाई अगाडि बढाउने प्रयत्न गरीरहेको छु ।
पार्टीमा गुटबन्दी धेरै भयो भन्ने आरोप लाग्छ, त्यसमा पनि कोइराला परिवारको छुट्टै गुट भयो भन्ने हल्ला नि ?

पक्कै पनि पछिल्लो समय पार्टी भित्र गुटबन्दी धेरै भयो हो, यसको न्यूनीकरणको लागि पार्टी सभापति लाग्नु पर्छ। उहाँ आफु मात्र नेता बनेर हुदैन । पार्टीभित्र अरु पनि जिम्मेवारी लिन सक्ने व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुले पनि अवसर पाउनु पर्छ भन्ने मान्यता हाम्रो हो । कोइराला परिवारले कुनैपनि गुटको खेती गरेको छैन । यो सत्य होइन । अब हामीले कसैले कसैलाई भेट्न नै नहुने त होइन होला । प्रजातान्त्रिक मुलको पार्टी हामीहरुले एकको समस्या सुनेर अर्कोले समाधान गर्न सकेनौँ भने त हामी नेता कसरी हुन्छौ ? व्यक्तिलाई चिनाउनको लागि नेता बन्ने प्रचलन हावी भएको हो । हामी निराशा जनक भएर बस्नु हुदैन सकभर गुटको अन्त्यको लागि लागपर्नु पर्छ । म आफ्नो तर्फबाट लागिरहेको छु । अरु नेताहरु पनि लाग्नुहुनेछ भन्ने मलाई आशा छ ।

नेतृत्व परिवर्तन अहिलेको नेपाली कांग्रेसको आवश्यकता हो । यदि नेतृत्व आयो भने कांग्रेसमा धेरै परिवर्तन आउँछ र पहिला जुन अवस्थामा थियो, त्यो भन्दा पनि बलियो भएर आउछ । अहिलेको सभापति शेरबहादुर देउवाको विकल्पमा नयाँ व्यक्ति जो आए पनि अहिले देउवा जीले चलाएको भन्दा राम्रो तरिकाबाट पार्टी चल्छ र पहिलाको तुलनामा कामहरु पनि हुदैँ जान्छन् यसमा म विश्वस्त छु । अहिलेको नेतृत्वमा रहेका व्यक्तिहरु पुराना पनि हुनुभयो, अबको विश्व परिस्थिति पनि बुझेको मोर्डन नेपाली कांग्रेसको विचार बोक्न सक्ने व्यक्ति नेपाली कांग्रेसको लागि आवश्यक छ ।

नेपाली कांग्रेसको आफ्नो आन्तरिक कलहको कारण प्रमूख प्रतिपक्षको भुमिका पनि कमजोर बनायो पार्टी पनि कमजोर बन्न पुग्यो होइन ?
हामी कमजोर भएको स्थिति हो, त्यो त चुनावले देखाएको कुरा नै भयो । पार्टीको स्थितिलाई सुधार गर्नको लागि सबैभन्दा पहिलो कुरा त गुटबन्दी हटाउनु पर्यो । कार्यकर्तालाई प्रशिक्षणको कुरा, पार्टी एकै ठाँउमा मात्र उभिएको छ, अगाडि बढ्न सकेको छैन । अगाडि बढ्न सक्ने हुनुपर्छ । पार्टी भन्दा पनि नेता बलियो बन्नुको कारण पनि कांग्रेस पछाडि हुन पुग्यो । यसलाई हामीले स्वीकारेर अबको मार्ग निर्धारण गर्न सक्नुपर्छ ।

प्रतिपक्षको भुमिका निवाृह गर्नको लागि ठोस विषय हुनुपथ्र्यो त्यो नै भएन भन्ने कुरा छ ?

प्रतिपक्षमा नेपाली कांग्रेस कमजोर देखिएको कुरा सत्य हो । प्रमूख प्रतिपक्षी दल भएको कारण देशमा जुन ठूला समस्या, भ्रष्ट्राचार,बलात्कार जस्ता कुराहरु छन् । जुन कुराले समग्र देशमा रहेका समस्याहरुलाई बोकेका छन् त्यस्ता कुराहरुको सम्बोधन नभएको नै हो । सत्तापक्षी दलले जुन इस्यु उठाउछ त्यसको विरोध गर्ने काम मात्र गरेको हो । आफुले इस्यु दिने सकेनौँ अरुले उठाएको इस्युमा उभिएर आन्दोलन र विरोध मात्र गर्न थाल्यौँ । लिडरशिपको अभाव देखिएको हो । हामी आफहरुले इस्यु दिन सकेनौँ जस्ले गर्दा प्रतिपक्षीमा समस्या र कमजोर देखिएको हो ।

अब आउने पार्टी सभापति कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिला त उर्जाशिल हुनुपर्यो । अर्को कुरा सकारात्मक सोच, नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने क्षमता,लगनशीलता, धैर्यता, पार्टीलाई प्राथमिकता दिने खालको हुनु पर्यो । कार्यकर्ताको कुरा सुन्ने खालको हुनुपर्छ । लिडरशिपको खाँचो छ । साँच्चीकै भन्ने हो भने कांग्रेसमा लिडरशिप छैन । कांग्रेस पार्टीलाई एकदमै सही ढंगमा लिड गर्ने, कार्यकर्तालाई परिचालन गर्ने, जनतालाई विश्वास दिलाउने एउटा आशा दिने लिडरशिपको खाँचो छ ।

तपाईले अहिले जस्तो किसिमको मानिसहरु भन्नुभयो त्यस्तो खालको मानिस छ त पार्टी भित्र ?
नेतृत्वदेखि हरेक ठाउँमा परिवर्तन हेर्न चाहन्छन् कार्यकर्ताले । नयाँ सोच, नयाँ विचारदेखि हरेक ठाउँमा परिवर्तन हेर्न चाहन्छन् कार्यकर्ताले । अब तपाईले हेर्नु भयो भने ३० वर्षदेखि पार्टीमा एउटै नेतृत्व रहेको देखिएको छ । त्यस्तो मानिस अवश्य पनि छन् ,किन नहुनु छन् होला कोही छायाममा पर्न भयो होला । निस्कनु हुन्छ, नभए खोज्नुपर्यो म पार्टी र जनताको हितको लागि काम गर्छु भन्नेलाई अवसर दिनुपर्यो । त्यस्तो व्यक्तिलाई सबैले एक ढिक्का भएर सर्पोर्ट गर्नुपर्छ निस्कन्छ, त्यस्तोमान्छे ।

पार्टी सभापतिको कारण पार्टी विग्रियो भन्ने आरोप छ ? फेरि पनि देउवा नै पार्टी सभापति बन्नुभयो भने ?
त्यो अवस्थामा आउनु भनेको पार्टीको लागि देशको लागि दुर्भाग्यको कुरा हो । जसले प्रजातन्त्रमा विश्वास गर्ने मानिसको विश्वासमा नै अघात पुग्न सक्छ । संगठन एकदमै कमजोर छ । संगठनको कुशलता पनि देखिएको छैन । गाउँमा जाने भित्र मिलाउने सबैलाई एक बनाउने काम भएको छैन । आफू बलियो हुनका लागि गाउँगाउँ गएर गुट बनाउँदा पार्टी खत्तम भएन त ? गुटलाई समाप्त पार्नुपर्छ । पुरानो नेतृत्वले यसलाई समाधान गर्न सक्छ जस्तो मलाई लाग्दैन यसका लागि नयाँ नेतृत्वको आवश्यकता पर्छ । फेरि पनि त्यही पुरानो नै नेतृत्व आयो भने नेपाली कांग्रेसलाई मात्र नभइ सम्पूर्ण देशको लागि नै देशको लागि नै दुभाग्र्यपूर्ण अवस्था हुने छ ।

केही दिन अघि मात्र महासमितिको सदस्य राजेन्द्र बजगाईले सभापति देउवालाई हदैसम्मको कारवाहीको माग गर्नुभएको थियो,यसले कांग्रेसलाई थप शिथिल बनाएन र ?
यो नेतृत्वकै कारणले उत्पन्न भएको अवस्था हो । सभापति देउवा स्वयंम् उहाँको विरुद्धमा बोल्ने मान्छेलाई कारवाही गर्छु भन्नु हुन्छ उहाँले त्यसो भन्दा कार्यकर्ताले पनि भन्ने नै कुरा हो नि । यो उहाँले बसालेको टे«ण्ड हो । यस्ले पार्टीलाई शिथिल बनाउछ त्यसैले त हामीले भनिरहेका छौँ त नयाँ नेतृत्वको आवश्यकता छ भनेर । एउटामात्र गुटलाई मात्र बोकेर हिडेपछि त्यस्ता समस्या आउने नै भयो । सबैलाई समेट्न सक्नु पर्यो नि ।

एकपटक नेपाली कांग्रेसले पनि हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा उभिएको थियो, नेपाली कांग्रेसलाई पनि धर्म निरपेक्षत वकवास लागेको नै हो त ?
नेपाली कांग्रेसको पहिलाको विधान भन्दा अहिलेको विधानमा केही परिवर्तन छ, जसमा सनातन धर्मलाई पनि समेटेको छ । धार्मिक स्वतन्त्रताको कुरा उठाएको छ । जुन जनमत संग्रहको कुरा छ नेपालमा त्यो सम्भव छैन । नेपाली समाज नै यो विषयमा विभाजित छ, यो सम्भव कुरा नै होइन् । यो विषयको कुरा उठ्दा शशांक कोइरालाजीको कुरा लिनु भएको होला यो विषयमा उहाँ स्वयम्ले नै खण्डन गरी सक्नु भएको छ ।

युवा नेतृत्वको विषयमा कांग्रेसले के सोचेको छ ?
नयाँ नेपालमा नयाँ मानिसलाई छोड्नुपर्छ । म त युवाको पक्षमा सधै तयारी अवस्थामा छु । युवा आउँदा थप नयाँपन आउँछ । खाली पदको लोभ गरेर हुदैन । अब पुराना व्यक्तिहरुलाई के चाहियो ? उहाँहरुले त पार्टी ठूलो बनाउनेतर्फ पो सोच्ने हो त । कांग्रेस सकियो भने देशका लागि पनि राम्रो हुँदैन । त्यसलै सक्षम युवा आएमा म त सहयोग गर्ने पक्षमा छु आशा गरौा अन्य साथीहरुले पनि सहयोग गर्नु हुने छ ।

अबको नेपाली कांग्रेसको रणनीति के हुनेछ ?
अब पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्ने छ । गुटबन्दीको अन्त्य हुने छ । सङगठनको निर्माणमा हामीहरु लाग्ने छौँ । अबको चुनावमा नेपाली कांग्रेस आउने गरी हामीले गृहकार्य गर्ने तयारी गर्नु पर्छ । लामो समयदेखि सालदेखि जनतामा लोकप्रिय र जनताको आशा लाग्दो पार्टी भएको पार्टी नेतृत्वको कमजोरीले चुकेको भए पनि तर फेरि आउँछ ।

चर्चामा

सम्बन्धित समाचार