• होमपेज
  • समाज
  • पूर्व युवराज पारसद्वारा जोगी बन्ने घोषणा

पूर्व युवराज पारसद्वारा जोगी बन्ने घोषणा

  • आइतवार, कार्तिक ३, २०७६
पूर्व युवराज पारसद्वारा जोगी बन्ने घोषणा

पूर्वयुवराज पारस शाहले आफू अब साधु बन्ने बताएका छन्। मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ।

सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वयुवराज पारसले सोनिकासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ? ’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको भनाई थियो।

‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ पारसले भने, ‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’ हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरे। आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु।’

पूर्वयुवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु। ’

पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताए। पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ। ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने, ‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’
पछिल्लोपटक पारसको सोनिका रोकायासँग बनेको एक टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

चर्चामा

सम्बन्धित समाचार