शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • बाटोमै सुत्केरी

बाटोमै सुत्केरी

  • शनिबार, कार्तिक २, २०७६
बाटोमै सुत्केरी

सन्तोषि रावल
बडिमालिका नगरपालिका ७ जिल्लीकि २२ वर्षकी फुलमाँया सुनारले स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा जन्माएकि छन् । स्वास्थ्य चौकी जाँदै गर्दा हिड्दा हिड्दै बिच वाटोमा छोरी जन्माएकी छन् ।
जिल्ला अस्पताल बाजुरा जादै गर्दा फुलमाँयाले बडिमालिका ९ गडखेतामा बिच बाटोमै बच्चा जन्माएकि छन् । जिल्ली गाँउ बाट जिल्ला अस्पताल बाजुरा पुग्न २ घण्टा लाग्ने रहेको छ । सुत्केरी ब्यथा लाग्ने बितिकै घर बाट अर्की एकजनि महिलाको सहयोगमा हिडरे आउदै गर्दा बाटो बच्चा जन्माएकी हुन् । बिच बाटोमै बच्चा पाएकि फुलमायालाई जिल्ला प्रहरीका कार्यलय बाजुराले उद्धार गरेर जिल्ला अस्पताल बाजुरामा पुयाएका थिए । बाटोमै बच्चा पाएर अलपत्र अबस्था रहेको खबर पछि उद्धार गरेर अस्पताल पुयाएको प्रहरीले जनाएको छ ।
फुलमाँयका श्रीमान अर्की महिला लिएर भारत भागेका छन् । उनको घरमा अरु कोही छैन्न, एक जना गाँउले महिलाको सहयोगमा उनि अस्पताल आउन लागेको फुलमायाले वताए । हिडदा हिड्दै बाटोमा बच्चा पनि त्यहि खस्यो सुडेनीको काम सँगै भएकी महिलाले गरेको फुलमाँयाले वताए । दुई तिन दिन पहिला आउने भनेको हो घरमा कोही नभएका कारणले अफ्ठयारो भएपछि मात्र अस्पताल आउदा समस्या भएको उनले वताईन् ।
फुलमाँया जस्तै बाजुराका धेरै महिलाहरु स्वास्थ्य चौकी टाढा भएकाले बाटोमा बच्चा जन्माउने गरेका छन् । हिमाली गाँउपालिका रुगिन, बिच्छँयाका गुम्वा, बौडी, कोट, बच्छँया, गौमुल गाँउ पालिका र पाण्डव गुफा गाँउ पालिका लगायतका गाँउमा सुत्केरी महिलालाइ समस्या हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । स्वास्थ्य चौकी पुग्न नै एक दिन लाग्ने गरेको छ, अनि कसरी सुत्केरी सेवा पाँउनु बिच्छँयाकी धनसरा बुडथापाले वताईन् ।
बाटोमा र घरमै बच्चा जन्माउने मुख्य समस्या चेतनाको अभाब र भौगोलिक बिकटता रहेको जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताएका छन् । अर्को स्वास्थ्य चौकी टाढा भएकाले पनि समस्या भएको वताए । समयमै स्वास्थ्य चौकी जानु पर्छ भन्ने चेतना पनि कम भएको वताए । स्वास्थ्य चौकी टाढा र अर्को समयमै स्वास्थ्य चौकी नजाने चेतनाका कारणले पनि बाटोमै बच्चा जन्माउने गरेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणी शाहले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार