सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कर्णाली राजमार्गको कहाली लाग्दो यात्रा

कर्णाली राजमार्गको कहाली लाग्दो यात्रा

  • शुक्रबार, कार्तिक १, २०७६
कर्णाली राजमार्गको कहाली लाग्दो यात्रा

लक्ष्मणा जाेशी — काठमाण्डौ बाट सुर्खेत सम्मको २० घण्टा लामो र पटयाँर लाग्दो बसको यात्रा पश्चात कालिकोटको जितेगडा सम्म आउनका लागि सुर्खेत बसपार्कमा असोज २४ गते दिउसो १.०० बजे ना.५.ख २७७९ नं को बसको टिकट लिएर साँझ ४.३० बजे मुगुका लागि छुट्ने गाडीको पखाईमा तिन घण्टा बिताइयो । ४.०० बजे बस चढ्नका लागि आफ्नो सिट खोज्दै जाँदा सोहि नं को सिटमा नाग्मा सम्मका लागि टिकट लिएर एक जना यात्रु बसिरहनु भएको थियो । म लगायत ९ जना यात्रुका टिकट डबल काटिएका रहेछन । बसको स्टाफलाई बुझ्दा काउण्टरलाई दोष लगाइरहेका थिए । काउण्टरमा जाँदा टिकट काट्ने व्यक्ति नै थिएनन् । बिवादका बिच बसपार्क बाट गाडी साँझ ५.३० बजे मुगुका लागि हिड्यो । बिदाको छिको पारेर दोखला बाट रारा घुम्न आएका दुई जना बिद्यार्थीको टिकट दोहोरो परेका कारण यरी चोकमा झरेर पैंशा फिर्ता मागेका थिए । बसमा अधिकाँश महिला र वालवालिका थिए । बसमा कुखुराका चल्ला देखि खच्चडको भुसा र तरकारी राखिएको थियो । गाडीको ग्यालरीमा खुट्टा राख्न समेत ठाँउ थिएन । कर्णाली राजमार्गमा संचालनमा रहेका समिति,काउण्टरका कर्मचारी र गाडीका स्टाफहरुको रुखो र छुच्चो व्यवहारका कारण बाटोको यात्रा भन्दा उनिहरुले गर्ने व्यवहारका कारण यात्रुहरुमा खिन्नता थियोे । पोखरा बाट रारा घुम्न आएका एक जोडीले पोखेको गुनासो हो । सरकारले सन २०२० लाई भ्रमण बर्ष मनाउन र आन्तरिक र बाह्य पर्यटक भित्रयाउनका लागि व्यापक तयारी गरिरहेको बेला कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीहरुको यस्तै व्यवहारका कारण के पर्यटक आउलान र ? २५ गते विहान १०.०० बजे लालिघाट पुगेर बाजुराको पिलुचौर सम्म आउनका लागि जिपको खोजी गर्दा काउण्टरमा बुझ्दा १४ जना यात्रु नभई जीप पठाउन नमिल्ने कुरा काउण्टरका स्टाफले जानकारी दिए पछि साँझ ४.०० बजे मात्र जीप लालीघाट बाट पिलुचौरका लागि हिडेको थियो । नेपाली सेनाले लालीघाट बाट पिलुचौर सम्मको दुरी ६३ किलोमिटर र प्रति किलोमिटरको भाडा रु ११ का दरले जम्मा भाडा रु ७००। कायम गरिएको थियो । असार पछि बाटो बिग्रेका कारण काउण्टरले रु ९००। भाडा लिने गरेको लालीघाट काउण्टरका स्टाफले जानकारी दिनु भयो । तर बिडम्बना पिलुचौरमा रहेका स्वामिकार्तिक र जयमालिकाका काउण्टरले प्रति यात्रु रु १३००। भाडा लिने गरेकाछन । सरोकारवाला निकाय तै चुप मैचुपको अवस्थामा छन । लालीघाटमा ८ वटा समितिका जीप एउटै काउण्टर बाट चलानी लिएर चलिरहेकाछन,भने बाजुरामा दुई वटा समितिका जीप दुई वटा काउण्टर र मनोमानी भाडा असुली रहेकाछन । काउण्टरमा बढी भाडा किन लिएको भनेर बुझदा कमाउने बेला यहि हो भनेर तर्क गरिरहेकाछन । बर्खामा बाटो बिग्रेका कारण भाडा बढीलिने,दर्शै र तिहार कमाउने बेला अन्य समयमा यात्रु कम भएपछि रिर्जवमा मात्र जाने प्रचलन बाजुराका जीप व्यवसायीको नियती देखिन्छ । कालीकोट बाट ६३ किलोमिटरको यात्रा गर्दा रु ९००। तर बाजुरा बाट कालीकोटको यात्रा गर्दा रु १३००। बाटो उहि,गाडी उहि, तेलको मुल्य उहि,देशको कानुन उहि तर भाडा फरक मैले नबुझेको कुरा ? व्यक्तिगत रुपमा म कुनै जीप व्यवसायी र समितिको बिरोधी होइन तर सर्वसाधारण लुटिरहँदा मेरो नैतिकताले यस्ता अत्याचारका बिषयमा नलेखिरहन मनले नमानेकै कारण बेला बेलामा धम्की,गाली र दण्डित हुनु परेको छ ।

Image may contain: 3 people, people smiling, people standing and outdoor
जयमालिका र स्वामीकार्तिक जीप व्यवसायी समितिका अध्यक्ष नाथ र मल्ल जी दुबै जना भावी युवा नेताको रुपमा बाजुरेली जनताले आशा गरिरहेकाछन । तर तपाईहरु कै मातहतका समितिले पसिना चुहाएर कमाएको र आफ्नो खर्च कटाएर यात्राका लागि जोहो गरेको पैंशा बिना आधारमा जनतालाई लुटिरहदाँ के हजुरहरुको आत्माले शान्ति पाउला ?
कर्णाली राजमार्गको कहाली लाग्दो यात्रा

Image may contain: 2 people, people sitting and closeup
काठमाण्डौ बाट सुर्खेत सम्मको २० घण्टा लामो र पटयाँर लाग्दो बसको यात्रा पश्चात कालिकोटको जितेगडा सम्म आउनका लागि सुर्खेत बसपार्कमा असोज २४ गते दिउसो १.०० बजे ना.५.ख २७७९ नं को बसको टिकट लिएर साँझ ४.३० बजे मुगुका लागि छुट्ने गाडीको पखाईमा तिन घण्टा बिताइयो । ४.०० बजे बस चढ्नका लागि आफ्नो सिट खोज्दै जाँदा सोहि नं को सिटमा नाग्मा सम्मका लागि टिकट लिएर एक जना यात्रु बसिरहनु भएको थियो । म लगायत ९ जना यात्रुका टिकट डबल काटिएका रहेछन । बसको स्टाफलाई बुझ्दा काउण्टरलाई दोष लगाइरहेका थिए । काउण्टरमा जाँदा टिकट काट्ने व्यक्ति नै थिएनन् । बिवादका बिच बसपार्क बाट गाडी साँझ ५.३० बजे मुगुका लागि हिड्यो । बिदाको छिको पारेर दोखला बाट रारा घुम्न आएका दुई जना बिद्यार्थीको टिकट दोहोरो परेका कारण यरी चोकमा झरेर पैंशा फिर्ता मागेका थिए । बसमा अधिकाँश महिला र वालवालिका थिए । बसमा कुखुराका चल्ला देखि खच्चडको भुसा र तरकारी राखिएको थियो । गाडीको ग्यालरीमा खुट्टा राख्न समेत ठाँउ थिएन । कर्णाली राजमार्गमा संचालनमा रहेका समिति,काउण्टरका कर्मचारी र गाडीका स्टाफहरुको रुखो र छुच्चो व्यवहारका कारण बाटोको यात्रा भन्दा उनिहरुले गर्ने व्यवहारका कारण यात्रुहरुमा खिन्नता थियोे । पोखरा बाट रारा घुम्न आएका एक जोडीले पोखेको गुनासो हो ।

Image may contain: 6 people

सरकारले सन २०२० लाई भ्रमण बर्ष मनाउन र आन्तरिक र बाह्य पर्यटक भित्रयाउनका लागि व्यापक तयारी गरिरहेको बेला कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीहरुको यस्तै व्यवहारका कारण के पर्यटक आउलान र ? २५ गते विहान १०.०० बजे लालिघाट पुगेर बाजुराको पिलुचौर सम्म आउनका लागि जिपको खोजी गर्दा काउण्टरमा बुझ्दा १४ जना यात्रु नभई जीप पठाउन नमिल्ने कुरा काउण्टरका स्टाफले जानकारी दिए पछि साँझ ४.०० बजे मात्र जीप लालीघाट बाट पिलुचौरका लागि हिडेको थियो । नेपाली सेनाले लालीघाट बाट पिलुचौर सम्मको दुरी ६३ किलोमिटर र प्रति किलोमिटरको भाडा रु ११ का दरले जम्मा भाडा रु ७००। कायम गरिएको थियो । असार पछि बाटो बिग्रेका कारण काउण्टरले रु ९००। भाडा लिने गरेको लालीघाट काउण्टरका स्टाफले जानकारी दिनु भयो । तर बिडम्बना पिलुचौरमा रहेका स्वामिकार्तिक र जयमालिकाका काउण्टरले प्रति यात्रु रु १३००। भाडा लिने गरेकाछन । सरोकारवाला निकाय तै चुप मैचुपको अवस्थामा छन । लालीघाटमा ८ वटा समितिका जीप एउटै काउण्टर बाट चलानी लिएर चलिरहेकाछन,भने बाजुरामा दुई वटा समितिका जीप दुई वटा काउण्टर र मनोमानी भाडा असुली रहेकाछन । काउण्टरमा बढी भाडा किन लिएको भनेर बुझदा कमाउने बेला यहि हो भनेर तर्क गरिरहेकाछन । बर्खामा बाटो बिग्रेका कारण भाडा बढीलिने,दर्शै र तिहार कमाउने बेला अन्य समयमा यात्रु कम भएपछि रिर्जवमा मात्र जाने प्रचलन बाजुराका जीप व्यवसायीको नियती देखिन्छ । कालीकोट बाट ६३ किलोमिटरको यात्रा गर्दा रु ९००। तर बाजुरा बाट कालीकोटको यात्रा गर्दा रु १३००। बाटो उहि,गाडी उहि, तेलको मुल्य उहि,देशको कानुन उहि तर भाडा फरक मैले नबुझेको कुरा ? व्यक्तिगत रुपमा म कुनै जीप व्यवसायी र समितिको बिरोधी होइन तर सर्वसाधारण लुटिरहँदा मेरो नैतिकताले यस्ता अत्याचारका बिषयमा नलेखिरहन मनले नमानेकै कारण बेला बेलामा धम्की,गाली र दण्डित हुनु परेको छ ।

Image may contain: 7 people
जयमालिका र स्वामीकार्तिक जीप व्यवसायी समितिका अध्यक्ष नाथ र मल्ल जी दुबै जना भावी युवा नेताको रुपमा बाजुरेली जनताले आशा गरिरहेकाछन । तर तपाईहरु कै मातहतका समितिले पसिना चुहाएर कमाएको र आफ्नो खर्च कटाएर यात्राका लागि जोहो गरेको पैंशा बिना आधारमा जनतालाई लुटिरहदाँ के हजुरहरुको आत्माले शान्ति पाउला ?

लक्ष्मण जाेशीकाे फेशबुकबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार