• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा नेपाली सेना र प्रहरीेकै भरमा रक्तदान

बाजुरामा नेपाली सेना र प्रहरीेकै भरमा रक्तदान

  • शुक्रबार, कार्तिक १, २०७६
बाजुरामा नेपाली सेना र प्रहरीेकै भरमा रक्तदान

बाजुरा जिल्ला अस्पतालमा कोही बिरामी भएर रगत चाहीएमा नेपाली सेना नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।
लगातार तिन दिन देखी नेपाली सेना र नेपाल प्रहरीले नै रगत दिएर एक महिलाको ज्यान जोगाएका छन । बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई समरजित गुल्म थापाथली ब्यारेकका मेजर रबिन श्रेष्ट, सोही ब्यारेकका प्यूठ कृष्ण पुन र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत दिएर विरामीको ज्यान जोगिएको जिल्ला अस्पताल श्रोतले बताएको छ ।
३ जनाले दिएको रगतले ३० वर्षिया जावा दमाइको ज्यान जोगिएका जिल्ला अस्पताल बाजुरामा कार्यरत एक कर्मचारीले बताएका छन ।
उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा एक हप्तादेखी भर्ना भएकि दमाईलाई ए पोजेटिभ रगतको आबस्यकता परेको र धेरै ठाउँमा खवर गरेको र अन्तीममा नेपाली सेना र नेपाल प्रहरी लाई गुहार मागेर दमाईको ज्यान जोगिएको आफन्त डबल बिकले बताए ।
जावा दमाई बिगत एक हप्ता देखी देखी जिल्ला अस्पताल बाजुराको शैयामा रगत अभावमा छट्पटाई रहेकि थिईन । उनलाई उच्च रक्तस्राव निरन्तर भएको थियो उनलाई आवस्यक पर्ने रगत कतै नभेटाएपछि नेपाली शेनाका मेजर सिपाई र नेपाल प्रहरी जवानले ज्यान जोगाउन सहयोग गरेको आफन्तले बताएका छन् । रगत अभाव र जिल्लामा ब्लड बैँक नहुदा दिनहु यस्ता समस्या झेल्नु परेको जिल्ला अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार