शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

  • बिहिबार, अशोज ३०, २०७६
खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

काठमाडौं, असोज ३०–  खोज पत्रकारिता केन्द्रको अध्यक्षमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा निर्वाचित भएका छन् । बिहीबार भएको साधारणसभाबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

साधारणसभाले उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहोरा पनि सर्वसम्मत चुनिए ।

केन्द्रको तीन सदस्यका लागि भने आठ जनाबीच चुनाव भएको थियो । सदस्यहरूमा राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भए ।

वीरगञ्ज निवासी पत्रकार चन्द्रकिशाेरले लामाे समयदेखि कान्तिपुरमा समसामयिक विषायमा नियमित स्तम्भ लेख्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार