बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • यस्ता कारणले गर्दा कहिले पनि बिहे नगर्नु होला “नत्र पछुताउनु पर्ला”

यस्ता कारणले गर्दा कहिले पनि बिहे नगर्नु होला “नत्र पछुताउनु पर्ला”

  • बिहिबार, अशोज ३०, २०७६
यस्ता कारणले गर्दा कहिले पनि बिहे नगर्नु होला “नत्र पछुताउनु पर्ला”

अधिकांश किशोर किशोरीहरुको विवाह छिट्टै हुने गर्छ, जो पछि गएर पछुताउँछन् । यद्यपि, उनीहरुले विवाह आफ्नो खुशीले गरेका हुँदैनन् । कसै न कसैको केही न केही बाध्यता हुने गर्दछ । यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला ।

बढ्दो उमेरको चिन्ता प्राय: परिवारका सदस्यहरुले तपाईंलाई ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । ‘२५ वर्षकी भैसक्यौ, यो उमेरपछि तिमीसँग कसले विवाह गर्छ ? जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ ।

छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन, त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ ।

परिवारको दबाव प्राय: अधिकांश परिवारका सदस्यहरुले तपाईंलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । तरु त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भैरहेको हुन्छ ।

आफन्तको दबाव  कहिलेकाहीँ आमा–बुवाले कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन् ।

यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

ब्रेकअपलाई बिर्सन कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दु:खी हुन थाल्छन् । त्यस्तो बेला उनीहरुसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।

सम्पत्ति कतिपय व्यक्तिहरु आर्थिक सम्पन्नता र रहनसहन देखेर विवाहका लागि तयार हुन्छन् । तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । विवाहपछि जब व्यवहार चाहेको जस्तो जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार