• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मुक्तक दाेहाेरी…. चर्काे बाेली..

कलक राेकाया सानुका मुक्तक दाेहाेरी…. चर्काे बाेली..

  • बिहिबार, अशोज ३०, २०७६
कलक राेकाया सानुका मुक्तक दाेहाेरी…. चर्काे बाेली..

श्रीमान…..
दाउरा ल्याउनु पर्या छैन बालिराछस् ग्यास चुलाे,
किचकिच गर्छस कति सनु कुरा उस्कै छ ठुलाे।
रहर लाग्याे भने अनेकाै निउ पारी अझै,
शहर पस्छस गर्छु भनी अाेक्ताे अनि मुलाे।
श्रीमती….
काम मात्र पेल्छाै सधै मान हुन्न घरमा,
फलानाकि छाेरी भनी सान हुन्न घरमा ।
अाफुले इज्जत राखेरै बसेकिछु तर,
माईति बाअामाकाे सम्मान हुन्न घरमा ।
श्रीमान….
परिवारमा शुखि राख्न काम राम्राे गरीयाे।
रातदिन घाेलान पेलान मा परियाे।
सधै झर-झर गराएर बित्याे जिन्दगी,
त्यसैले त अाज भाेलि देख्दै डरियाे।
श्रीमती….
गाउमा लर्याकलुरुक डुलिरन्छाै त अनि,
केटि देख्नै हुन्न भुलिरन्छाै त अनि।
सहि बाटाे लागे रिसाउने मन कहाँ हुन्छ र,
कामकाे बेला चुपचाप सुतिरन्छाै त अनि।
श्रीमान….
बानि ब्यहाेरा सुधार्नु मान्नु किन झर्काे,
सधै किच-किच गरि बाेलिरन्छाै चर्काे।
अनेकाै फेसनमा रमाउन छाेडेर अब,
अाफ्नाे सँस्कृति बचाउ चाेलि अनि बर्काे।
श्रीमती…..
घर परिवार सधै हसाउने छु अब,
दुई-चार रुपैया बचाउने छु अब।
काम गरेर नमुना बनी समाजमा,
शुखि सुन्दर जाेडी बसाउनेछु अब।

~कलक राेकाया सानु
गाैमुल गाउपालिका वडा नं.६
सालीकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार