
कैलालीमा बालिका बेचबिखन गर्न खाेजेकाे आरोपमा स्वयमसेवीका सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाँउपालिमा सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ। चुरे गाँउपालिका वडा नम्बर ६ गजारकी स्वयमसेवीका कल्पन्ना भनिने कलावती बोहरा, डोटीको शिखर नगरपालिका वडा नम्बर ३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई फल्टुडे प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए।
उनीहरुले चुरे गाँउपालिका वडा नम्बर ६ की १३ वर्षिया बालिकालाई बिवाहको बहानामा बेच्न खोजेको आरोप लागेको छ। सहजपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरिक्षक विश्वकर्माले बताए।
