मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने ४ सहित ७ जना पक्राउ

कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने ४ सहित ७ जना पक्राउ

  • बिहिबार, अशोज ३०, २०७६
कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने ४ सहित ७ जना पक्राउ

कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने ४ सहित ७ जना पक्राउ परेका छन्। भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यक्तिलाई छुटाईदिने भन्दै उनीहरुका आफन्तबाट रकम असुल्ने ४ जना सहित अन्य ३ जना गरि ७ जना पक्राउ गरिएको हो।

भारतबाट अवैध रुपमा माछा ल्याउदै गरेको अवस्थामा सोमबार पक्राउ परेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै एक लाख लिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २९ बर्षीय गुड्डु भनिने सुमित सिंह, सोही ठाउँका २९ बर्षीय सुमन शर्मा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बस्ने विनोद शर्मा र वडा नम्वर १ बस्ने २१ बर्षीय हरिस कवाडीले प्रहरी हिरासतबाट छुटाईदिने भन्दै रकम लिएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भारत लखिमपुर खिरीका ३० बर्षीय हाईदर अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अकवरका दाई हुन्। यस्तै प्रहरी हिरासतबाट छुटेका २१ बर्षीय मोहमद अली र २२ बर्षीय अकवर अलिलाई पनि प्रहरीले फेरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार शर्मा र सिहले माछा अवैध रुपमा भित्र्याउनेहरुका आफन्तहरुसंग प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै एक लाख मागेको अनुसन्धानबाट खुलेको छ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय गएर छुटाउने प्रयास समेत गरेको बुझिएको तर तत्काल नछुटेपछि उनीहरुले रकम फिर्ता गरेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। बस्नेतका अनुसार  पक्राउ परेका दुवै जना अवदेखि यस्ता गतिविधि नगर्ने शर्तमा छुटेपछि हरिस कवाडीले आफुले पहल गरी छुटाएको भन्दै उनीहरुको आफन्तबाट एक लाख लिएका थिए।

प्रहरीले छोडेपछि बजारमा डेढ लाख प्रहरी कर्मचारीले नै असुल्दै छोडेको आरोप लागेको थियो। प्रहरीले ५९ हजार नगद र ४१ हजारको चेक समेत बरामद गरेको छ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार