आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • ढम्कनेमा आलु महोत्सव हुदै

ढम्कनेमा आलु महोत्सव हुदै

  • मङ्लबार, अशोज २८, २०७६
ढम्कनेमा आलु  महोत्सव हुदै

मार्तडी २८ असोज

सुदुर पश्चिममै पहिलो पटक बडिमालिका आलु मेला २०७६ हुने भएको छ । पर्यटक गन्तव्य बोकेके सुन्दर ठाँउ कालाजग्रा फेदीमा रहेको ढम्कने गाउँमा कालाजग्रा माइ स आलुका परिकार खाउँ एक आलु परिकार अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव कार्तिक २० देखि २२ गते सम्म संचालन हुने भएको छ ।  बडिमालिका नगरपालि र कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र ढम्कने कृषि सहरकारी संस्थाको आयोजनामा उक्त मेला संचालन हुने बताइएको छ । बडिमालिका नगरपालिका वडा नम्मर ७ को संयोजन हुने मेलाको तयारीका लागि विभिन्न उपसमिति बनाइएका छन । समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, आलुखेती विस्तार हँदै जाँदा वडा नम्मर ७ ढम्कनेलाइ आलु गाउँका रुपमा परिचित गराउने तथा व्यावसायिकताको विकास उत्पादक कृषक र व्यापारीहरुको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले बताएको छ । मेला सफल बनाउका लागि ढम्कने कृषि सहकारी संस्था लि का अध्यक्ष नर बहादुर रोकायाको संयोजकत्वमा ८५ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ । आलुमेलालाई सफल बनाउनका लागि विभिन्न ११ वटा उपसमिति समेत गठन गरिएको छ। मेलाको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, रैथाने बालि तथा स्थानिय परिकारको खाना र विभिन्न झाकिहरु प्रदर्शनी रहेने मेला मुल व्यवस्थापन समितका अध्यक्ष नर बहादुर रोकायाले बताउनुभयो ।

मेला सम्पन्न गर्नका लागि करिव ११ लाख पाँच हजार खर्च लाग्ने र १२ लाख छ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष ‌ रोकायाले जानकारी दिनुभयो ।  मेलामा ८ प्रकारका आलुका परिकार रहने अतिथि आवाश व्यवस्थापन उपसमिति संयोजक विष्णु धामीले जानकारी दिए ।

मेलामा १० वटा व्यवसायिक स्टल,  कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको प्रचास प्रसार तथा संचार उपसमिति संयोजक लक्ष्मीराज पाध्यायले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार