शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीको मुहार फेरिदै

सदरमुकाम मार्तडीको मुहार फेरिदै

  • सोमवार, अशोज २७, २०७६
सदरमुकाम मार्तडीको मुहार फेरिदै

हिल्लाम्मे अब्यबस्थित बजारका रुपमा चिनिने सदरमुकाम मार्तडीको मुहार फेरिदै गएको छ । बडिमालिका नगरपालिकाले बजार ब्यबस्थापन, सड्कको स्तोरउन्नती र पानिको ब्यबस्थापन बन्दै गएपछि सदरमुकाम मार्तडीको मुहारमा परिवर्तन भइरहेको स्थानियले वताएका छन् ।


कुनै बेला मार्तडीमा खानेपानिका पाइप लायन अस्ब्यस्त र बजार पनि अब्यबस्थित देखिन्थ्यो, आज भोली निकै सुन्दर बन्दै गएको राष्ट्रिय सभाका सदस्य बद्रिप्रसाद पाण्डेले वताए । बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीलाई ब्यबस्थित पार्न शुरु गरेपछि मार्तडीको मुहारनै परिवर्तन भएको उनले वताए । अरु स्थानिय तहले पनि यस्तो विकासको सिको गर्नु पर्ने उनले वताए ।
मार्तडीको माथिल्लो बिच बजारमा रहेको सडक बिस्तारको काम तिव्र गतीमा भइरहेको छ । ३ सय ५४ मिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो निर्माण पछि मार्तडी बजार मुहार फेरिने भएको छ । सदरमुकाम मार्तडीको गौडा डिल देखी जिल्ला प्रशासन र जिल्ला बन डिभिजन कार्यालय देखी जिल्ला अस्पताल सम्मको सडक निर्माण सम्पन्न चरणमा पुगेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताएका छन् । त्यस्तै तल्लो बजार र डाँडावाडा तिर पनि सडक ब्यबस्थि तगर्न लागिएको उनले वताए ।


बर्षातमा हिलोका कारण बजार अस्तब्यस्त भएको गुनासो खेपेपनि अब भने त्यस्तो नहुने नगर प्रमुख पदम बढुवालले वताएका छन् । सडक छेउमा रहेका काल्चे दमाइ, अर्जुन थपा, दिपा बोहरा र कविता थापाको घरधनीले सडकको बाटो नछोड्दा केही ढिलाइ भएको थियो नगरपालिकाले वताएको छ । अर्को ठेकेदारको केही कमजोरीले पनि समस्या आएको हो, तिहार सम्म सबै काम सम्पन्न हुने नगरपालिकाले वताएको छ । सडकको चौडाइ ६ मिटर रहेको छ ।
मार्तडी बजार ब्यबस्थित सँगै पुर्ण सरसफाई अभियानमा समेत लागेको नगरपालिकाले बताएको छ । गैर सरकारी संस्थाको सहयोगमा पुर्ण सरसफाई फोहोर, ब्यबस्थान, ढल ब्यबस्थापन भइरहेको नगरपालिका कार्यकारी तिर्थराज भट्टराईले वताएका छन् । सडक चौडा गर्न निकै चुनौती रहेको थियो, धेरैले घर हटाउन मानेका थिएन्, सहजिकरण गर्दा धेरैले यसमा सहयोग गरेपछि काम गर्न निकै सहज भएको नगर प्रमुख पदम बढुवालले वताएका छन् । केही विकासलाइ रोक्न खोजको थिए तर केही असर नभई नगरपालिका सफल भएको उनले थपे । बाजुरामा आउने जुनसुकै आगन्तुले सदरमुकामको अबस्था देखेर बाजुराको अबस्था थाहा पाँउछन्, पहिला सदरमुकाम मार्तडी ब्यबस्थित पारेपछि गाँउमा बिस्तारै विकास हुदै जाने नगरपालिका प्रमुख बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार