शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • धनगढीका साजन ‘द भ्वाइ अफ नेपालको ‘ब्याटल राउण्ड’ बाट बाहिरिए

धनगढीका साजन ‘द भ्वाइ अफ नेपालको ‘ब्याटल राउण्ड’ बाट बाहिरिए

  • सोमवार, अशोज २७, २०७६
धनगढीका साजन ‘द भ्वाइ अफ नेपालको ‘ब्याटल राउण्ड’ बाट बाहिरिए

सुदूरपश्चिमबाट ‘द भ्वाइ अफ नेपाल–२ मा सहभागी साजन लामा ‘ब्याटल राउण्ड’ बाट बाहिरिएका छन् । शनिवारको ‘ब्याटल राउण्ड’को अंकमा टिम प्रमोदको ‘ब्याटल’ मा धनगढीका साजन बाहिरिएका हुन ।साजन धनगढी उप–महानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँका हुन ।

कोच प्रमोदबाट मधु लामा र साजन लामाको ब्याटल भएको थियो । उनिहरुले कोचकै स्वर रहेको ‘हंगामा भो’ बोलको गीत गाएका थिए । मधु र साजनमध्ये कोच प्रमोद एकलाई छनौट गर्न नसकेपछि ‘द भ्वाइ अफ नेपाल’ को इतिहासमा पहिलो पटक दुवैलाई अगामीको चरणमा प्रवेश गराउने मौका प्रदान गरेका थिए । तर दुवै जनालाई एक भएर जानु पर्ने सर्त थियो ।

त्यसमा दुवैको सहमती हुनु आवश्यक थियो । मधुले सो सर्त इन्कार गरे ।कोच प्रमोदले एकलाई छनौट गर्नु पर्नेमा मधुलाई अगामी चरणका लागि छनौट गरे ।साजनले ब्यालण्ड अडिसनमा कोच आस्था र प्रमोदको कुर्सी धुमाउन सफल भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार