आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता

नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता

  • शनिबार, अशोज २५, २०७६
नेपाल उड्नुअघि सी र मोदीबीच ६ घण्टा वार्ता

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ६ घण्टा लामो वार्ता भएको छ। शनिबार अपरान्ह नेपाल उड्नु अघि सीले मोदीसँग लामो वार्ता गरेका हुन्। मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि वार्ता भएको हो। भारतीय स ञ्चारमाध्यमका अनुसार पटक पटक गरी ६ घण्टा वार्ता भएको हो। उनीहरुबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार यति लामो छलफल भएको हो। दुई नेताबीच पटक पटक वान-ट-वान वार्ता पनि भएको छ। दुई नेताबीच गत अप्रिलमा पनि चीनको वुहानमा दुई नेताबीच भेटवार्ता भएको थियो । मोदीले सीलाई शुक्रबार दिउँसो स्वागत गरेका थिए। त्यसपछि सीलाई अर्जुन तपस्यास्थली र तट मन्दिरको दर्शन गराए। महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रीभोज गराए। शनिबार बिहान उनीहरुले छलफल गरे । त्यसक्रमा सँगै हिँडेका थिए। दुवैले त्यसक्रममा आतंकवाद र कट्टरपन्थीको तनावबारे चिन्ता जनाए। शुक्रवार राति भारतीयय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार